प्रदेश १ मा थप १९ प्रहरीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा थप १९ प्रहरीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर :  प्रदेश १ प्रहरी कार्यालय रानी विराटनगरका १९ जना प्रहरीलाई एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा आइतबार उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पोजेटिभ देखिनेमा १ महिलासहित १८ पुरुष प्रहरी रहेका छन् । 

समाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार यसअघि प्रदेश प्रहरी कार्यालयमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो पटक १ जनामा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण गर्दा दोस्रोपटक थप ४ जना प्रहरी कोरोना संक्रमित भेटिएका थिए । 

त्यसपछि तेस्रो पटक एकै समय १९ जनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै प्रदेश प्रहरीमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । यसैबीच आइतबार नै प्रहरी बाहेक थप ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ महिला र १ पुरुष रहेका छन् । १ महिला उदयपुरकी रहेको समाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । 

बाँकी १ महिला र १ पुरुष विराटनगर महानगरपालिकाभित्रकै रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.