सर्वोच्चको फैसलाविरुद्ध कालिकोटमा प्रदर्शन

सर्वोच्चको फैसलाविरुद्ध कालिकोटमा प्रदर्शन

कालिकोट : पत्नी हत्यामा दोषी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले असार १५ गते गरेको  फैसलाविरुद्ध कालिकोटका युवाले विरोध प्रदर्शन गरेका छन्। 

श्रीमतीको हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्म कैदको सजाय पाएका सशस्त्र प्रहरी बलका तत्कालीन डीआइजी रञ्जन कोइराला साढे ८ वर्ष जेल बस्दा पनि ‘सजायको मकसद पूरा हुने’ भन्दै प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको सजाय घटाउने फैसलाको विरोधमा प्रदर्शन गरेका हुन्। 

अदालती अड्डा भ्रष्टाचारको अखडा, न्याय खोज्न कहाँ जाँऊ, ज्यानमारालाई उन्मुक्ति दिन पाइँदैन जस्ता नाराबाजीसहित युवाहरुले मान्मा बजारमा प्रदर्शनका साथै प्रतिमा चोकमा पुगेर कोण सभा गरे विरोध गरेका हुन्। 

काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०७१ मा उनलाई पत्नीको हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको फैसलालाई उच्च अदालत पाटनले २३ मंसिर २०७२ मा सदर गरेको थियो। त्यसविरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए। त्यसपछि १५ असारको सर्वोच्चको आदेशपछि कोइराला ८ वर्ष ६ महिना जेल बसेर बुधबार कारागार मुक्त भएका छन्।

पत्‍नी हत्याको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका कोइरालालाई सजाय घटाएर उन्मुक्ति दिने फैसलाविरुद्ध पुनरावलोकन हुने भएको छ।

पुनरावेदनको निवेदनउपर आइतबार सर्वोच्च अदालतमा सुनुवाइ भएपछि पुनरावेदनका लागि निस्सा प्राप्त भएको हो। 

सर्वोच्चका तीन न्यायाधीश वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ भएपछि पुनरावलोकनमा जानका लागि निस्सा प्राप्त भएको हो। अब प्रधानन्यायधीशले इजालस तोकेपछि यो यसमा बहस सुनुवाइ हुनेछ।  
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.