१२ वर्षीया बालिकासँग विहे, देवर-भाउजू पक्राउ

१२ वर्षीया बालिकासँग विहे, देवर-भाउजू पक्राउ

कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटले बालबिबाह मुद्धामा देवर भाउजूलाई पक्राउ गरेको छ। जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ६ का २० वर्षीय दिनेश विक र उनकी भाउजु ३० वर्षीय तारा विकलाई प्रहरीले पक्राउ गरेको हो। 

नरहरीनाथ गाँउपालिका –६ का २० दिनेशले भाउजू तारा विकको सहयोगमा खाँडाचक्र नगरपालिका– २ की १२ वर्षीया बालिकालाई चोरी विवाह गरेको आरोपमा प्रहरीले दुवैलाई पक्राउ गरेको हो। 

वनमा गाई चर  गएकी बालिकालाई दिनेशकी भाउजू ताराले ललाइफकाइ गरी ल्याएर देवर दिनेशसँग विवाह गराए दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए।

बालिकालाई यही साउन ८ गते भगाइएको थियो। प्रहरीलाई १० गते जानकारी गराएपछि ११ गते दुवैलाई पक्राउ गरी मुद्धा दर्ता गरिएको डिएसपी ओलीयाले बताए। उनका अनुसार किशोरीलाई प्रहरीले आफन्तको जिम्मा लगाइएको छ। 

बालिकाका बाबुले प्रहरीकहाँ जाहेरी दिएपछि प्रहरीले नरहरीनाथ गाँउपालिका वडा नं. ६ माल्कोट पुगेर दिनेश र उनकी भाउजु तारालाई पक्राउ गरी सदरमुकाम ल्याएको  ओलियाको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.