नुवाकोटमा तीन महिनामा ९ करणीका घटना

नुवाकोटमा तीन महिनामा ९ करणीका घटना

नुवाकोट : नोवेल कोरोना कोभिड–१९ भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनकको समयमा नुवाकोटमा करणीसँग सम्वन्धित ९ घटना भएका छन्। लकडाउनकको समयमा नुवाकोटमा ७० वटा जघन्य घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरी उपरीक्षक अविनारायण काफ्लेका अनुसार लकडाउनको समयमा ८ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। जवर्जस्ती करणीका ६ वटा घटना भएको छ। जवर्जस्ती करणी उद्योग ३ वटा र ज्यान मार्ने उद्योग ९ वटा भएको काफ्लेको भनाई छ। एसपी काफलेका अनुसार फुटकर ज्यानको घटना ९, मोटरसाइकल चोरी ५, सार्वजनिक शान्ति विरुद्ध ३, भवितव्य ज्यान ८, बहु विवाह, बाल बिज्याई, जुवा र हातहतियार तथा खरखजाना एकएक वटा घटना भएका छन्।

चैत्र ११ देखि साउन ५ गतेसम्मको अवधिमा बालबिवाह ३, विषादी सेवन ६, कर्तव्य ज्यान र सवारी भवितव्य ज्यान दुई/दुई वटा घटना भएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए। नुवाकोट प्रहरीको तथ्यांकअनुसार मानिसहरु हराउने क्रम बढेको छ।  हराएकामध्ये महिला ३६ जना, २ बालक र ४ बालिका जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार हराएकामध्ये प्रहरीद्वारा ५, आफन्तले खोजी गरी पत्ता लगाएकोमा १५ र आफैँ घर फर्केकोमा ७ जना रहेका छन्। अझैं १२ महिला, १ बालक र १ बालिका नभेटिएको प्रहरीले जनाएको छ।

प्रहरीको तथ्यांकअनुसार गत आव २०७१/०७२ देखि २०७६/०७७ सम्मको ६ वर्षमा ६३७ जना हराएका छन्। विदुर र वेलकोटगढी दुई नगरपालिकाबाट १६२ र १० गाउँपालिकाबाट ४७५ जना हराएका छन्। विदुर नगरपालिकाबाट ८५ र बेलकोटगढी नपाबाट ७७ जना हराएको प्रहरीले जनाएको छ। गाउँपालिकाहरुमध्ये ककनीबाट ३५, किस्पाङबाट ४५, तादीबाट ६५, तारकेश्वरबाट ३५ र दुप्चेश्वरबाट ७०, पञ्चकन्याबाट ८१, लिखुबाट ४५, म्यागङबाट ३५, शिवपुरीबाट ३४ र सुर्यगढीबाट ३० जना हराएका थिए।

हराएकामध्ये ३ सय ८० महिला, ४७ बालक र १ सय २२ बालिकालाई मात्र फेला पार्न सफल भएको प्रहरीले जनाएको छ। हराउनेमा १९ देखी ३० वर्ष उमेर समूहका २ सय २० जना  युवायुवती रहेका छन्।

प्रहरीले गत आर्थिक वर्ष २०७५/०७६ मा १५२ जना हराएकोमा १ सय ३ महिला, १३ बालक र ३६ बालिका हराएको जनाएको छ। हराएकामध्ये ९७ महिला, १३ बालक र ३४ बालिकालाई फेला पारी प्रहरीले परिवारलाई बुझाएको थियो भने ६ महिला र २ बालिका अझैं बेपत्ता छन्। एक तथ्यांकअनुसार विगत ६ वर्ष (आव २०७१/७२ देखि २०७६/०७६) मङ्सिर मसान्तसम्ममा ६ सय ३७ हराएका थिए।

५ सय ४९ जनालाई मात्र प्रहरीले फेला परेका छन्। हराएकामध्ये ८८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।  हराउँदा जानकारी गराउने र  फेला परेपछि प्रहरीलाई वास्ता नगर्ने प्रवृत्ति बढेको छ। महिला, बालक र बालिका हराएको भन्दै प्रहरीलाई जानकारी गराए पनि फेला परेपछि बेवास्ता गर्दा तथ्यांक बढी देखिने गरेको प्रहरीले जनाएको छे।

नुवाकोट प्रहरी महिला सेलकी सुकु तामाङका अनुसार मानिस हराएपछि प्रहरी कार्यालयमा आफन्तले निवेदन दर्ता गर्दै जानकारी दिए पनि फेला परेपछि बेवास्ता गरेका कारण तथ्यांकमा हराएकै सूची कायम रहने बताइन्। पछिल्लो समय नुवाकोटमा महिला तथा बालवालिकाहरु सचेत हुँदै गएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.