कालिकोटमा ठाउँ-ठाउँमा पहिरो, एकजना बेपत्ता

कालिकोटमा ठाउँ-ठाउँमा पहिरो, एकजना बेपत्ता

कालिकोट :  कालिकोटका विभिन्न ठाउँमा पहिरो खस्दा विद्युत तथा अन्य सेवाहरु प्रभावित भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका ९ लालुको खुलालु लालु सडकखण्डअन्तरगत गर्खेको भीरमा पहिरो खस्दा एकजना स्थानीय पहिरोमा पुरिएका छन् ।

आइतबार पहिरोमा परेर १६ वर्षीय पारस भण्डारी पुरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका भण्डारीको उद्धारका लागि नेपाली सेना, नेपालल प्रहरी र सशस्त्र प्रहरीको टोली घटना स्थलमा रहेको र निरन्तर वर्षासँगै पहिरो खसिरहेकाले उद्धार गर्न सकिएको छैन् । 
 प्रहरीका अनुसार गर्खे भीरमा चट्टान फुटेर पहिरो खसेको छ । उक्त पहिरो अहिले पनि रोकिएको छैन् । पहिरो रोकिना साथ पुरिएका भण्डारीको खोजी गरिने प्रहरीले जनाएको छ । 

यस्तै जिल्लाको पचालझरना गाउँपालिका ४ स्थित लाफागाड लघुजलविद्युत आयोजना पहिरोका कारण अवरुद्ध भएको छ । गत वर्षको साउन महिनादेखि नै नियमित सूचारु भएको उक्त विद्युत आयोजना पहिरोका कारण ५० मिटर क्यानेल भत्काइ दिएपछि अवरुद्ध भएको हो । 

लाफागाड लघुजलविद्युत आयोजनाका अध्यक्ष बिष्णुलाल न्यौपानेले पहिरोका कारण जलविद्युत आयोजना अवरुद्ध भएपछि पचालझरना गाउँपालिकाका विभिन्न वडाका करिब ८ सय घरधुरी अन्धकार बनेको बताए । 

उनले ३ करोड ५ लाख उधारोमा एक वर्ष अगाडि विद्युत आयोजना संचालनमा ल्याएमा पनि ऋण तिर्न बाँकी नै छ।उनले भने, 'लाफागाड लघु जलविद्युत आयोजनाको कुल लागत ७ करोड ४८ लाख लगानी भएको छ । हालसम्म २ करोड ४२ लाख २५ हजार बैकल्पिक उर्जाको अनुदान, प्रदेश सरकारबाट यसै आबमा १ करोड र पचालझरना गाउँपालिकाले १ करोड १५ लाख गरी ३ करोड ५७ लाख ५२ हजार बजेट प्राप्त भएको छ।'

अझै आयोजना निर्माणमा भएको खर्च व्यवस्थापन गर्न सकिएको छैन् ।८५ किलोवाट क्षमताको लाफागाड लघुजलविद्युत आयोजनाबाट पचालझरना गाउँपालिकाका ८ सय बढी घरधुरी लाभान्वित भएका छन् ।

अझै सबै विद्युत खपत भएको छैन् । यस्तै जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाँउपालिकामा बिद्युत सेवा विस्तार भएको पोत्मारा साना जलविद्युत आयोजना पनि पहिरोका कारण साउन २ गतेबाट अवरुद्ध छ । 

नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख मेगराज जोसीले पहिरोका कारण पोत्माराको विद्युत उत्पादन पूर्ण रुपमा बन्द रहेको जानकारी दिए । उनका अनुसार करिब ३२ मिटर क्यानेल पहिरोले बगाएको छ । उक्त स्थानमा जाली भरेर पाइपमार्फत पानी पास गर्न रास्कोट श्रम रोजगार बैंकमा आवद्ध युवाहरुले काम गरिरहेका छन्।

विध्युत उत्पादन बन्द भएपछि कालिकोट अन्धकार भएको छ । पोत्माराकै विद्युतको भरमा रहेको टेलिकमबाट हुने नेट इन्टरनेटका साथै टेलिफोन सेवा तथा अन्य सरकारी कार्यालयको काम समेत प्रभावित भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.