काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम

काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम

काठमाडौं : काठमाडौं महानगरपालिका भित्रका सबै संस्थागत र सामुदायिक विद्यालयले  १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम पढाउनुपर्ने भएको छ। ठमाडौं महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उदेश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेको छ। सबै विद्यालयलाई सम्भव भएसम्म यस विषयको पाठ्यक्रम पढाउन महानगरले अनुरोध गरेको छ। 

कक्षा १ देखि ८ सम्मका लागि महानगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम तयार गरेको हो। आधारभूत तहमा स्थानीय भाषाको पाठ्यक्रम बनाएर पढाउन सक्ने कानुनी व्यवस्था छ। महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालयमध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेका छन्।  संस्थागत विद्यालयको संख्या ६ सय ४० छ। 

अब यी सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम पठन–पाठन हुनेछ। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको जानकारी दिएको छ। 

पाठ्यक्रम तयार गर्न महानगरपालिकाले गठन गरेको पाठ्यक्रम समितिका संयोजक डा. चुन्दा वज्राचार्यका अनुसार कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन महानगरपालिकाले नेपालभाषाबाट तयार गरेको पाठ्यक्रम महानगरपालिकाको शिक्षा समितिबाट पारित गर्ने चरणमा छ। पाठ्यक्रम पारित हुने बित्तिकै त्यसैको आधारमा पाठ्यपुस्तक बन्नेछ। 
 
काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ। वज्राचार्यका अनुसार काठमाडौंको रहनसहन र जनजीवन यहींको स्थानीय भाषामा जीवन्त रहने भएकोले यसको पाठ्यक्रम पनि स्थानीय नेपाल भाषामै तयार गरिएको हो। 

‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन् भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने निर्णय भएको हो,’ डा. वज्राचार्यले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.