भैरहवा विमानस्थलका पीयन ४ लाख घुससहित पक्राउ
काठमाडौँ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी ४ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोागको टोलीले कार्यालय सहयोगी (चेन म्यान) विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई घुससहित पक्राउ गरेको हो । सेञ्चुरी बैक लिमिटेड, शाखा कार्यालय भैरहवाको परिसरबाट घुस लिँदालिँदै उनीहरुलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।