भ्रष्टाचार प्रकरणपछि रेडक्रसको कार्यसमिति भंग
काठमाडौ : सरकारले अनियमिततामा मुछिएको भन्दै सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ । मन्त्रिपरिषद बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा थापा नेतृत्वको कार्यसमिति विघटन गरेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीको संयोजक गठित भएको अध्ययन तथा अनुगमन समितिले रेडक्रसमा अनियमितताको विटघटन गर्न सिफारिस गरेपछि सरकारले रेडक्रसविरुद्ध यो कदम चालेको हो । २०६४ सालदेखि थापा लगातार रेडक्रसको अध्यक्ष रहदै आएका थिए ।