'अनुसन्धानलाई प्रभावित बनाउने काम नगरौं'
ललितपुर : ललितपुर महानगरपालिका–३ का वडाका अध्यक्ष श्रीगोपाल महर्जनलाई पक्राउ गरेर हिरासतमा लिएको भन्दै सोमबार महानगरपालिकामा पेनडाउन गरिएको थियो।
महानगरपालिका भित्रका २९ वटै वडा कार्यालयमा कर्मचारीले काम ठप्प बनाएका थिए। महानगरपालिकामा क्रियाशील संघसंगठनको तर्फबाट पेनडाउन गरिएको हो। तर वडाध्यक्षमाथि अनुसन्धान भइरहेको सिलसिलसिलामा अदालत पुगेकाले त्यसलाई प्रभावित हुने काम गरेको भन्दै मेयर चिरिबाबु महर्जनले पूर्णरुपमा असन्तुष्टि जनाएका छन्।
‘यो फौजदारी मुद्दा हो। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धान गरिरहेको छ। अदालतमा विचाराधीन भएकाले त्यसलाई प्रभाव पर्नेगरी कुनै हड्ताल तथा पेनडाउन गर्न नहुने बताए। कसैले झेल्ली गरेको काममा जनप्रतिनिधिलाई फसाइएको विषयमा महानगरले निष्पक्ष छानबिनको माग गरिसकेको छ । अदालतमा भएका मुद्दामा बारम्बार कोट्याउनु नहुने उनको भनाइ छ। ‘पेनडाउनका सेवाग्राही मारमा परेको छन्’, उनले भने, ‘यसमा मेरो पूर्ण असहति छ।’
२१ वडाका अध्यक्ष रवीन्द्र महर्जनले अरु कसैले झेली गरेको काममा जनप्रतिनिधिलाई हिरासतमा राखेर अनुसन्धान गरिएकाले विरोध गरेको जनाए। १४ वडाका अध्यक्ष सुदर्शन मिश्रले महर्जनको यथाशीघ्र रिहाइको माग गरे। कुनै पनि गिरोहलाई जस्तै हिरासतमा राख्न नहुने र उनको सामाजिक, राजनीतिक प्रतिष्ठमा आँच आउने काम भएको गुनासो गरे।