इटहरी उपमहानगरपालिकाका आकस्मिक बाहेकका सेवा बन्द
इटहरी : इन्जिनियरमा कारोना देखिएपछि इटहरी उपमहानगरपालिकाले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।कोरोना रोकथाम तथा व्यवस्थापन उच्चस्तरीय समितिको बिहीबार बिहान बसेको बैठकले उपमहानगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले इटहरीको हाटबजार बन्द गर्ने र मुख्य बजार क्षेत्रका पसल निश्चित समयका लागि खुल्ला गर्ने निर्णय गरेको मेयर द्वारिकलाल चौधरीले जानकारी दिए । कुनै कन्ट्याक्ट हिस्ट्र नभएका ती कर्मचारीमा कोरोना देखिएपछि समुदायमा पुगेको अनुमान गरिएको छ । पालिकामा कार्यरत १० कर्मचारीको दुई दिनअघि स्वाब संकलन गरिएकोमा एकजना कर्मचारीमा कोरोना देखिएको हो ।
नियमित कार्यालय आउने र बैठकमा समेत सहभागी भएका उनमा कोरोना पोजिटिभ देखिएसँगै उपमहानगरपालिका कार्यालयमा डिस्इन्फेक्टिङ गरिएको छ । संक्रमितको कन्ट्याकमा रहेका व्यक्तिलाई पहिलो प्राथमिकमा पीसीआर परीक्षण गर्ने र बाँकी सम्भावित जोखिमपूर्ण क्षेत्रमा र्यान्डम टेस्ट गर्ने तयारी गरिएको छ ।
कोरोना पोजिटिभ केश देखिन थालेपनि प्रशासनले भने कडिकडाउन नगर्ने जानकारी दिएको छ । कडाइ गर्दा जनजीवन अस्तव्यवस्त हुने भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले सजग ने बनाउनुपर्नेमा जोड दिए ।
सुनसरीको धरान, इनरुवा र मोरंगको विराटनगर महानगरपालिकाले समुदाय स्तरमै कोरोना संक्रमित भेटिएपछि आंशिक लकडाउन गर्न थालेका छन् । ती सबै सहरको बीचमा रहेको इटहरीमा कोरोना संक्रमणको जोखिम उच्च छ ।