एकतोला सुनको मूल्य ९९ हजार पुग्यो
काठमाडौं : कोभिड-१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मुल्य स्थानीय बजारमा बिहीबार पनि बढेको छ । बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको पहेलो धातुमा ५सयले वृद्धि भएको छ ।
बिहीबार बजार खुल्ने वित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९८ हजार ५६० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदी २० रुपैयाँले घटेको छ । एक तोला सेतो धातुको मूल्य एक हजार २ सय २५ निर्धारण भएको छ ।
कोभिड-१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४सयले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १९६२.१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१.६० मा कारोवार भएको थियो । रासस