सांग्रिला डेभलपमेन्ट बैंकले ब्याजमा २० प्रतिशत छुट दिने
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले ऋणीहरुलाई ब्याजमा २० प्रतिशत छूट दिने भएको छ । कोभिड-१९ महामारीबाट बैंकका सेवाग्राहीलाई परेको प्रभाव महसुस गर्दै बैंकले साउन महिनाको ब्याज रकममा २० प्रतिशत छुट दिने भएको हो ।
२०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी सम्पूर्ण सावाँ र ब्याज रकम साउन मसान्तसम्म भुक्तानी गर्दा साउन महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरूप छुट दिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए। मुलुकभर बैंकका ९१ शाखा कार्यालय र ३० एटिएम सेन्टर रहेका छन्।