कृषिका १२ वटा केन्द्रीय संघ मर्ज हुने

कृषिका १२ वटा केन्द्रीय संघ मर्ज हुने

काठमाडौं : राजनीतिक स्वार्थ पूरा गर्न खोलिएका कृषिका केन्द्रीय संघहरु पछिल्लो समयमा मर्ज हुन थालेका छन्। व्यवसायिक बन्ने उद्देश्यले कृषिसँग सम्बन्धित केन्द्रीय संघ मर्ज हुन थालेका हुन्। 

सहकारी विभागका अनुसार कृषिसँग सम्बन्धित एक दर्जन संघहरु मर्ज भएर एउटै राष्ट्रि«य कृषि संघ बन्ने भएको हो। दर्जनौं संघ स्थापना भए पनि कृषिउत्पादन र बजारीकरणमा खासै भूमिका निर्वाह गर्न सकिरहेका छैनन्। पछिल्लो समयमा तरकारी तथा फलफूल केन्द्रीय संघ र बिउ उत्पादक केन्द्रीय सहकारी संघ मर्ज भएका छन्। दुई संघ मर्ज भई कृषि बिउ, तरकारी तथा फलफूल केन्द्रीय संघ बनेको छ। 

साविक तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघका अध्यक्ष एवम् संघ एकीकरण कार्यदलका संयोजक विनोद पराजुलीले बिउ उत्पादक केन्द्रीय संघसँग मर्जर अभियान सफलभएसँगै कृषिका अन्य संघसँग पनि एकीकरणको छलफल भइरहेको बताए। जुनार केन्द्रीय सहकारी संघसँग पनि मर्जबारे छलफल भइरहेको छ। 

२२ केन्द्रीय संघमध्ये एक दर्जन भन्दा बढी कृषिसँग सम्बतिन्ध भए पनि अधिकांश कृषिका संघ झोले र अनुदानमा सञ्चालित भएका भन्दै व्यवसायिक बनाउन मर्ज अभियान थालिएको हो। 

राष्ट्रिय सहकारी महासंघमा भोटिङ अधिकारका लागि मात्रै कृषिका साना–साना विषयगत संघ दर्ता हुने क्रम बढेको थियो। पछिल्लो समयमा सहकारी अभियानदेखि सरकारी निकायसम्मका कृषिसँग सम्बन्धित सबै केन्द्रीय संघ मर्ज गरेर एउटै कृषि संघ बनाउन चासो बढेको छ। 

राष्ट्रिय सहकारी नीति, २०६९ पुनरावलोकन गरी कृषिसँग सम्बद्व सबै केन्द्रीय संघ मर्ज गरी कृषि केन्द्रीय सहकारी संघ बनाउने प्रस्ताव गरिएको छ। कृषिसँग जोडिएका अन्य केन्द्रीय संघहरू कृषि केन्द्रीय संघमा एकीकरण गर्ने र कृषि तथा उत्पादनसँग सम्बन्धित सहकारीको एउटा मात्रै कृषि संघ बनाउने बोर्डको तयारी छ।

 पराजुलीले संघ बलियो र व्यवसायिक बनाउँदै कृषिमा आत्मनिर्भर हुनेगरी अघि बढ्ने तयारी भएको बताए। ‘व्यवसायिक र व्यवस्थित संघ बनाउन मर्जर अभियान सुरु गरेका छौं’ उनले भने।

सहकारी विभागका अनुसार नेपाल कृषि सहकारी केन्द्रीय संघ, केन्द्रीयदुग्ध सहकारी संघ, जुनार केन्द्रीय सहकारी संघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ, केन्द्रीय कफि सहकारी संघ, केन्द्रीय उखु उत्पादक सहकारी संघ, केन्द्रीय चिया सहकारी संघ, केन्द्रीय मत्स्य सहकारी संघ, केन्द्रीय पशुपालन सहकारी संघ, केन्द्रीय सुपारी सहकारी संघ अस्तित्वमा छन्। कृषि केन्द्रीय संघले कृषि क्षेत्रका सहकारीलाई समेट्न नसकेपछि दर्जनौं केन्द्रीय संघ स्थापना भएका हुन्।

‘देशभरका कृषि सहकारीलाई समेटेर व्यवसायिक बनाउने उद्देश्यले कृषिका दुई केन्द्रीय संघ एकीकरण गरिएको हो’ पराजुलीले भने। कृषि संघले समेट्न नसकेका कृषि सहकारीलाई सदस्य बनाई कृषिको व्यवसायीकरण र आधुनिकरणमा जोड दिने उनको तयारी छ। कृषि केन्द्रीय संघ भनिए पनि उसले साना किसानद्वारा प्रवद्धन एक हजार सहकारी मात्रै उसका सदस्य छन्। देशभर कृषिक्षेत्रमा संलग्न १२ हजार भन्दा बढी सहकारी दर्ता छन्।

केन्द्रीय संघ छुटाछु्ट्टै अस्तित्वमा रहँदा व्यवसायिक बन्न सकेका छैनन्। नेटवर्क बढाउने, व्यवसायिक बनाउने, सहकारीलाई आकर्षक बनाउने गरी नयाँ योजना ल्याएर कृषि संघ एउटै बनाउने योजना बनेको हो।

केन्द्रीय संघ व्यवसायिक बन्नुपर्ने भएपनि आर्थिक अभाव र नेतृत्वको अदुरदर्शिताका कारण त्यसो हुन सकिरहेका छैनन्। आफ्नै व्यवसाय र आम्दानी हुने गरी व्यवसायिक केन्द्रीय संघ बनाउन राष्ट्रिय सहकारी विकास बोर्डले उच्च प्राथमिकतामा राखेको छ। 

केन्द्रीय पशुपंक्षी सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले अहिलेको कृषि केन्द्रीय संघमा सामेल हुन नसकिने बताए केन्द्रीय संघ मर्जमा आफूहरु सकारात्मक भएको बताए। कृषिका दर्जनौं संघ मर्ज गरेर राष्ट्रिय कृषि सहकारी संघ बनाउन सकिने उनले बताए। ‘सबै संघको पुर्नगठन हुनु पर्छ,’उनले भने,‘कृषि केन्द्रीय संघमा मर्ज हुने हैन’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.