कालिकोटको पलाँतामा पहिरो, एकको मृत्य, दुईजना घाइते

कालिकोटको पलाँतामा पहिरो, एकको मृत्य, दुईजना घाइते

कालिकोट : कालिकोटको पलाँता गाउँपालिका ८ बेरसनकोटको दाम्रीजिउलास्थित कांख्रेपदालोमा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ । केरसनकोटको दाम्री जिउला आउने कुलो मर्मतका लागि गएका स्थानीय कमल रोकायाको पहिरोमा परी मृत्यु भएको हो । उक्त पहिरोमा दुईजना स्थानीय घाइते भएका छन् । 

पहिरोका कारण अवरुद्ध कुलो मर्मतका लागि गाउँबाट गएका स्थानीयले कुलो मर्मत गरिरहेका बेला पहिरो खस्दा कमलको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको स्थानीय सुरजन रोकायाले जानकारी दिए । 

उनका अनुसार घाइते हुनेहरुमा पलाँता गाउँपालिका ८ बेरसनकोटका पुनबहादुर रोकाया र नैन रोकाय रहेका छन् । उनीहरुको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी श्यामबाबु ओलीयाले पलाँता गाउँपालिका ८ मा पहिरो गएको स्थानमा प्रहरी टोली पठाएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.