कालिकोटको रास्कोटमा पहिरोमा परी एकजनाको मृत्य'

कालिकोटको रास्कोटमा पहिरोमा परी एकजनाको मृत्य'

कालिकोट :  कालिकोटको रास्कोट नगरपालिका १ चडीपानीमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका १ कै स्थानीय घण्टी भण्डारीको पहिरोमा पुरिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी श्यामबाबु ओलीयाले बताए । 

उनका अनुसार रास्कोट नगरपालिका १ को चडीपानी वनमा घाँस काट्न गएकी भण्डारी पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो । यससँगै रास्कोट नगरपालिकामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ पुगेको छ । पाँचजना अझै वेपत्ता छन् । गत मंगलबार राती आएको पहिरोले रास्कोट नगरपालिका १ बहलतोलामा एकजनाले ज्यान गुमाएका थिए भने पाँचजना वेपत्ता भएका थिए । वेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

जिल्लामा बाढी र पहिरोमा परी गत सोमबार यता १६ जनामो मृत्यु भइसकेको छ । ७ जना अझै बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले वेपत्ताको खोजी कार्य जारी रहेको जनाएको छ । 

जिल्लाको नरहरीनाथ गाउँपालिकामा ९ जनाको मृत्यु, एकजना वेपत्ता, सान्नीत्रिवेणी गाउँपालिकामा २ जनाको मृत्यु, रास्कोट नगरपालिकामा २ जनाको मृत्यु पाँचजना वेपत्ता, पलाँता गाउँपालिकामा १ जनाको मृत्यु, महाँवै गाउँपालिकामा २ जनाको मृत्यु र खाँडाचक्र नगरपालिकामा एकजना वेपत्ता छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.