कोरोना कम गर्न ‘सुटुक्कै निगरानी’
ललितपुर : कोरोनाको जोखिम कम गर्न ललितपुरले थप कडाई गर्ने निर्णय गरेको छ।
जिल्ला विपद् व्यवस्थापन केन्द्र ललितपुरको बैठकले मंगलबार जिल्लामा थप कडाई गर्ने निर्णय गरेको हो। जसका लागि विभिन्न स्थानमा सादा पोशाकमा प्रहरी खटाइएको जानकारी समेत दिएको छ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार नागरिकको स्वास्थ्य सुरक्षाका यस्तो निर्णय गरिएको हो। सुरक्षाका हिसाबले सरकारले ल्याएको निर्देशन कार्यान्वयनमा नभएपछि यस्तो निर्णय गर्नु परेको उनको भनाइ छ।
ललितपुरका विभिन्न स्थानमा सादा पोशाकमा प्रहरी खटाएर अनुगमनको काम सुरु गरिएको उनको भनाइ छ। महानगरीय प्रहरी परिसर ललितपुरले विभिन्न स्थानमा मास्क नलगाई हिँड्नेमाथि कारबाही सुरु गरेको छ।
बिहीबार मात्र ललितपुरमा १६६ जनालाई सम्झाएर पठाइएको छ भने ३८ जनालाई कारबाही गरिएको परिसरका प्रवतmा तुलाबहादुर कार्कीले जानकारी दिए।
कारबाहीमा परेकालाई संक्रमण रोग ऐन २०२० अनुसार सय रुपैयाँ जरिवाना तिराइएको छ।