प्रमुख प्रशासकीय अधिकृत १४ लाखसहित पक्राउ परेपछि..

प्रमुख प्रशासकीय अधिकृत १४ लाखसहित पक्राउ परेपछि..

दाङ : दाङको तुलसीपुर उपनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। 

स्रोत नखुलेको अवैध रकम लिएर दाङबाट काठमाडौँ डिहेको सूचना आधारमा आयोगको टोलीले उपाध्ययलाई शुक्रबार साँझ नागढुंगा नाकाबाट  नियन्त्रणमा लिएको जनाएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपाध्याय चढेको सरकारी गाडी बा २ झ ४०९९ नम्बरलाई चेकजाँच गर्दा निजको साथबाट स्रोत नखुलेको नगद १ लाख २४ हजार ७५० र फिक्स डिपोजिट तथा बैंक डिपोजिट १३ लाख २४ हजार ४६ रुपैयाँको रसिद बरामद गरिएको आयोगमा प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। उनलाई अहिले अनुसन्धानका लागि अख्तिायारको हिरासतमा राखिएको छ।  

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत स्रोत नखुलेको रकमसहित आयोगको नियन्त्रणमा परे पछि उपमहानगरका कर्मचारी र जनप्रतिनिधिमा हंगामा भएको छ। स्रोतका अनुसार केही कर्मचारी र जनप्रतिनिधिको नाम समेत त्यो काण्डमा जोडिएको छ। 

नगरमा भएका पूर्वाधार निर्माणका काम र क्रसर, ढुङगागिटी लगायतको क्षेत्रबाट ठेकेदारबाट रकम असुेलेको हल्ला नगर भित्र चल्न थालेको छ। केही दिन अघि मात्रै महानगरपालिकाको १८ नम्बर वडामा ठेकेदारबाट कमिसन असुलेको विषय सार्वजनिक भएको थियो। 

कर्मचारीलाई गलत व्यवहार गर्दा प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा परेको कर्मचारी बताउँछन्। केहि दिन अघि मात्रै नगरमा रहेका करार कर्मचारीको नियुक्ती नविकरण विवाद र स्थानीय कर्मचारीको बढुवा विवादमा प्रमुख प्रशासकीय अधिृकत मुछिएका थिए। 

लामो समयदेखि करारमा कार्यरत कर्मचारीमा उपाध्यायको ज्यादती बढिरहेको एक कर्मचारीले बताए। उनले दशकदेखि नगरमा करारमा काम गर्दे आएका कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने भएपछि केही कर्मचारी कार्यालय आउनै छोडेका थिए। 

कार्यविधि बनाएर स्थानीय कर्मचारीको बढुवाको तयारी भए पनि उपाध्यायले गलत नियतले प्रक्रिया नै रोकिदिएको कर्मचारीको गुनासो छ। 

दोशी उम्कनु हुँदैन : नगरप्रमुख 
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई स्रोत नखुलेको अस्वभाविक रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको घटनाप्रति तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

निर्वाचित भएर आएदेखि नै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुसार काम गरिरहेकोमा अचानक प्रमुख प्रशासकीय अधिकृत जस्तो व्यक्तिबाट स्रोतबिहीन मोटो रकम जफत हुनु दुखदायी कुरा भएको नगर प्रमुख पाण्डेले राजी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘राज्य या सर्वसाधारण जनताबाट कसैले पनि कुनै बहानामा अनियमितता गरेर रकम लिनु हुँदैन भन्ने हाम्रो दृष्टिकोण र प्रतिवद्धता हो। उपमहानगरपालिमा हामी आएको यो ३ वर्षको बीचमा हामीले कुुनै पनि भ्रष्टाचारजन्य घटनाको सामना गर्नुपरेको थिएन’, विज्ञप्तिम भनिएको छ। 

उनले घटनाले दुःखी र चकित तुल्याएको बताएका छन्। नगर प्रमुख पाण्डेले यसप्रकारका अन्य घटनामा कोही कर्मचारी, सेवाग्राही, व्यवसायी वा जनप्रतिनिधि जो कोहीको पनि संलग्नता देखिए आवश्यक छानबिन र कारबाहीका लागि अनुरोध गर्दे आवश्यक परेमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। 

उनले नगरबासी सबैलाई दुःखी बनाउने यसखालको घटनाका बारेमा कुनै पनि आग्रह र पूर्वाग्रह नराखी अनुसन्धान हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.