अग्लो ठाउँको धार्मिकस्थल 'दामोदरकुण्ड'

अग्लो ठाउँको धार्मिकस्थल 'दामोदरकुण्ड'

जोमसोम :  प्रसिद्ध धार्मिक स्थलको नाम हो 'दामोदरकुण्ड'। समुन्द्री सतहबाट ५ हजार मिटर उचाइमा अवस्थित दामोदरकुण्ड लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पर्छ।

हिमाली जिल्ला मुस्ताङमा पर्ने यो धार्मिक स्थलमा पुगेर जोमसोम फर्किन कम्तिमा विभिन्न साधनको सहयोगमा ३ दिनको यात्रा तय गर्नुपर्छ। भौगोलिक रुपमा अन्त्यन्तै विकट र जोखिमयुक्त मानिने दामोदरकुण्डमा जोकोहीले यात्रा पूरा गर्न सक्दैनन्। त्यहाँ पुग्ने तीर्थालुले संसारलाई नै विजय प्राप्त गर्न सकेको अनुभूती गर्छन्। लोघेकरको चराङबाट सुरु भएको दामोदरकुण्ड यात्रामा उकालो, ओरालो, साँधुरो बाटो र सुख्खा मरुभूमी पर्छ।

उपल्लो मुस्ताङको प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड मुक्तिक्षेत्रको शिर मानिन्छ। पुराणमा उल्लेख भएअनुसार कुबेरका छोराहरुले  दामोदरकुण्डमा स्नान गरी पाप पखालेका थिए। पुराण कथामा उल्लेख भएअनुसार द्वापर युगमा भगवान श्रीकृष्णलाई यशोधा माताले दाम्लोले ओखलमा बाधेरको र यसोधा गइसकेपछि भगवान श्रीकृष्णले ओखल घिसार्दै जाँदा दाम्लो सहितको ओखल २ वटा रुखको बीचमा पर्‍यो। भगवान कृष्णले जोडबल लगाउँदा ती रुखहरु ढल्न पुगे।

कृष्णले ढालेका ती रुखहरु कुबेरका छोरा नल कुबेरहरु थिए। रुखको रुपमा जड भइ बसेका नलकुबेरलाई नारथीको श्राप लागेको थियो। नारथीलाई उनीहरुले उपहास गरेका कारण जड भएर बस भनी श्रप दिएको पुराणकथामा लेखिएको छ।

यसरी रुखको रुपमा जड भइ बसेका नलकुबेरले हाम्रो उद्धार कसरी हुन्छ भनी प्रार्थना गर्दा नारथीले द्वापर युगका भगवान श्रीकृष्णको स्पर्शले मात्र श्राप मुक्त हुने वचन दिए। यसैले भगवान श्रीकृष्णले यशोधा माताले बाधेको दाम्लो घिसार्दै जाँदा रुखको रुपमा बसेका नलकुबेर वरिपरी यक्ष भएकाले उनीहरु वायुमा उड्न सक्ने भए। यस्तै ,आफुहरु श्राप मुक्त भए पनि पाप मोक्ष कसरी हुन सकिन्छ भनी भगवानको प्रार्थना गरे। यसपछि भगवान श्रीकृष्णले वृन्दाबनबाट फालेको कुशको दाम्लो दामोदरकुण्डमा गइ झरेको र त्यहाँ मुक्ति लिन जानु भनी नलकुबेरलाई भनेका थिए। सोही कुण्डमा नलकुबेरले स्नान गरी मुक्ति पाएको पुराणमा उल्लेख छ। भगवान श्रीकृष्णले वृन्दाबनबाट दाम्लो फालेको ठाउँ भएर दामोदर र जलाशय उत्पती भएकाले दामोदरकुण्ड भन्ने गरिएको मान्यता छ। 

दामोदरकुण्डमा ३ वटा जलाशय  चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड छन्। यीमध्ये मुख्य कुण्ड हो चक्र कुण्ड। जहाँ चक्र कुण्ड र दूधकुण्ड एक स्थानमा पर्छ भने तामा कुण्ड करिव १ सय मिटरको फेरोमा छ। चक्रकुण्डमा तीर्थालुले विशेष पुजाआजा र स्नान गर्ने गर्छन्। चक्र कुण्डमा आँखा आकारको इन्द्रेणी बिम्ब देखिने गर्छ। 

दामोदरकुण्ड जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण स्थान हो। दामोदरकुण्डमा नाउर, खरायो र फ्याउरा लगायतका वन्यजन्तु पाइन्छन्। दामोदरकुण्ड शालिग्रामको उद्गम स्थलको रुपमा लिइन्छ। मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दामोदरकुण्डमा स्नान गरेपछि सबै पाप नष्ठ हुने बताए। उनका अनुसार नारथीको श्राप पाएका कुबेरका छोराहरु नरकुबेरले पनि कुण्डमा स्नान गरेर मोक्ष प्राप्त गरेको जनाए।

दामोदरकुण्ड जाँदा चराङबाट गाडीमा १ घण्टा गएपछि ध्ये, सुर्खाङ र चराङ खोलाको संगम स्थल पुगिन्छ। त्यहाँबाट तेर्सो बाटो २० मिनेटमा सुर्खाङ गाउँ र त्यसपछि उकालो र तेर्सो बाटो २५ मिनेटमा यारा गाउँ पुग्न सकिन्छ। त्यहाँबाट भने सवारी जाने बाटो छैन। त्यहाँ स्थानीयले घोडा लिजमा राखेका छन्। याराबाट घोडा चढेपछि ६ घण्टामा घिर्मी ठाटी आइपुग्छ। घीर्मीबाट खोला तर्दै उकालो उक्लिंदै ४ घण्टामा ५३ सय मिटर उचाइमा घिमी डाँडा आइपुग्छ। त्यसपछि वर्षा खोला र ठाटी आउँछ। 

वर्षा खोलापछि अर्को पर्सा डाँडा आइपुग्छ जुन ५५ सय मिटर उचाइमा छ। पर्साबाट केही उकालो र केही तेर्सोबाट हिंडेपछि दामोदरकुण्ड आउँछ।  

बिहिबार दामोदरकुण्ड पुगी फर्किएका माधव लम्साले दामोदरकुण्ड यात्रा अविस्मरणीय भएको बताए। उनले धार्मिक मोक्षका साथै संसार नै जितेको अनुभव भएकव् बताए। त्यहाँ जाँदा बिमारी र बुढा मानिसलाई अक्सिजनको कमी हुने उनले बताए। दामोदर कुण्ड गन्तब्यका लागि याराबाट दामोदरकुण्ड पुगेर फर्किएको घोडा भाडा ७ हजार ५ सय लाग्ने घोडा धनी कर्मा गुरुङले बताए। 

दामोदरकुण्डक्षेत्र सिमसार क्षेत्र हो। कुण्डमा गाउँपालिकाले तीर्थालुका लागि ठाटी बनाएको छ भने यारादेखि दामोदरकुण्डसम्म गोरेटो बाटो निर्माण गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.