मुस्ताङमा यातायात ठप्प

मुस्ताङमा यातायात ठप्प

जोमसोम : हिमाली जिल्ला मुस्ताङ आउजाउमा समस्या भएको छ । चैत्र ११ गतेदेखि कोरोना भाइरसका कारण लकडाउनले हवाई सेवा ठप्प छ । 

पछिल्लो समय बेनी-जोमसोम सडकमा बाढीपहिरो क्षति गरेपछि मुस्ताङ आउजाउमा समस्या थपिएको छ । लकडाउनले पोखरा-जोमसोम हवाई उडान ४ महिनादेखि ठप्प छ । यस्तै बेनी-जोमसोम सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङखण्डका दर्जनौं स्थानमा बाढीपहिरो र नदी कटानले सडकको ट्र्याक भासिएको छ । 

पक्की पुलमा क्षति पुगेको र कतिपय स्थानमा पूरै सडक संरचना बगाएका कारण गत असार २८ गते बेनी-जोमसोमको सीधा यातायात सम्पर्क बिच्छेद भएको बेनी—जोमसोम-कोरला सडक आयोजनाका इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए । 

वर्षाले धावनमार्ग र लकडाउनले हवाई सेवा सञ्चालन नभएपछि मुस्ताङका स्थानीयबासी, कर्मचारी जनप्रतिनिधि र सुरक्षा निकायको अतिआवश्कीय कामकाजमा समस्या थपिएको हो । बेनी-जोमसोम सडक साविक जसरी सञ्चालन गर्न अझै ३ साता लाग्ने आयोजनाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.