एक सातामा कोरोनाबाट विदेशमा २८ नेपालीको मृत्यु

एक सातामा कोरोनाबाट विदेशमा २८ नेपालीको मृत्यु

काठमाडौं : विदेशी भूमिमा कोरोना भाइरस संक्रमणका कारण नेपालीको निधन हुने क्रम बढेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणका कारण विदेशमा हालसम्म १८९ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सातामात्रै विदेशी भूमिमा थप २८ जना नेपालीको ज्यान गएकोे छ ।  समितिका संयोजक डा संजीव सापकोटाका अनुसार नेपालीको जनघनत्व बढी भएका भारत तथा खाडी मुलुकका कोरोनो जोखिम बढ्दै गएको छ । अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत  डा। सागर पौडेलका अनुसार भारतमा मात्र यो साता २५ जनाको निधन भएको छ । भारतको महाराष्ट्रमा रहेका नेपाली कोरोनाबाट बढी प्रभावित छन् ।   

यस साता  दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशी भूमिमा निधन हुने नेपालीको संख्या एक सय ८९ जना पुगेको हो ।  

संघका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको  छ । यूरोपेली मुलुक लग्जेम्वर्गमा ३५ नेपाली एकैपटक संक्रमित भएका छन् । समितिका अनुसार पारिवारिक जमघटमा ९वैवाहिक वर्षगाँठ० मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । 

अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् । सचेत भएर सुरक्षित रहन सापकोटाले सुझाएका छन् । 

समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ । समितिले स्पेन, बेल्जियम,बेलायत, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ ।समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भावना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरु भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको गैरआवासीय नेपाली संघको ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरण शर्माले बताए । 

३७ हजार ४ सय नेपाली स्वदेश फर्किए  

कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जना स्वदेश फर्किएका छन । गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा समस्यामा परेका नेपाली स्वदेश फर्किरहेका छन् । 

विदेशमा रहेका नेपालीको उद्धारका लागि सरकारले थप ५४ वटा चार्टर्ड उडान अनुमति दिएको छ । उद्धार उडान आगामी शनिबारसम्म हुनेछ । जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजाहाबाट नेपाली स्वदेश फर्किने छन् ।

 गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकिएको समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । यो साता भारतसहित २९ वटा मुलुकबाट उद्धार उडान भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.