'कोरलाको ३३ नं. सीमा स्तम्भको अनुगमन कठिन'

'कोरलाको ३३ नं. सीमा स्तम्भको अनुगमन कठिन'

जोमसोम : उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको कोरलानाका स्थित कुल १६ वटा सीमा स्तम्भमध्ये ३३ नं. सीमा स्तम्भको अनुगमन कठिन र चुनौतीपूर्ण भएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट नेचुङले जनाएको छ। सशस्त्र बोर्डर आउट पोष्टका कमान्डर सशस्त्र प्रहरी निरीक्षक डम्बरबहादुर श्रेष्ठले ३३ नं. सीमा स्तम्भको अनुगमन गर्न चिनिया काउन्टर पार्टसँग मिलेर काम गर्ने अन्नपूर्णलाई जानकारी दिए।

मुस्ताङको छोसेर स्थित नेचुङ भन्सार कार्यालयको क्वारेन्टाइन भवनमा गत जेठ १५ गते बिओपी स्थापना भएसँगै सशस्त्र प्रहरी युनिटले कोरलाक्षेत्रमा नियमित सीमा अनुगमन र गस्ती गर्ने कार्यलाई तीव्रता दिएको छ। मुस्ताङको उत्तरी कोरलानाकाको करिव १० किलोमिटर यता सशस्त्रको बिओपी स्थापना भएको थियो। त्यहाँ सरकारले १ जना सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना प्रहरी जवानको टोली खटाएको हो। बिओपी स्थापनासँगै सरकारले उपलब्ध गराएको सीमित श्रोतसाधनका बावजुत सशस्त्रले सीमा अनुगमनलाई निरन्तरता दिएको बिओपी कमाण्डर श्रेष्ठले बताए। कोरलाक्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुअघि चिनिया सुरक्षा अधिकारीहरुको सहयोग र समन्वयमा बिओपीले हतियार र पोशाकसहित गस्ति गर्ने गरेको कमाण्डर श्रेष्ठको भनाइ छ।

सशस्त्र प्रहरीले बिओपी स्थापना भएसँगै ३ महिनाको अवधिमा कुल १६ सीमा स्तम्भमध्ये १३ वटाको अनुगनम सम्पन्न गरेको जनाइएको छ। मुस्ताङसँग सीमाना जोडिएको छिमेकी जिल्ला डोल्पा क्षेत्रको १८ देखि २३ सम्मको सीमा स्तम्भ र उत्तरी कोरलाको ट्रान्जिट प्वाइन्टको मुख्य २४ नं. सीमा स्तम्भ १ महिना अगावै अनुगमन सकिएको थियो। पछिल्लो १ महिनाको अवधिमा सशस्त्र प्रहरीले २५ नं. सीमा स्तम्भदेखि ३० नं. सीमा स्तम्भसम्मको अनुगमन तथा निरीक्षण सम्पन्न गरेको बिओपी कमाण्डर श्रेष्ठले उल्लेख गरे। श्रेष्ठका अनुसार बाँकी रहेको ३१ ,३२ र ३३ सीमा स्तम्भ भौगोलिक रुपमा अन्त्यन्तै विकट, कठिन र चुनौतीपूर्ण रहेको छ। बाँकी रहेका सीमा स्तम्भको पनि क्रमशः खोजी गर्ने कार्य भइरहेको र ती सीमास्तम्भमा पनि बिओपी टोली चाडै पुग्ने दावी गरे।

उत्तरी कोरलानाका क्षेत्रमा चिनसँग सीमाना जोडिएका १६ सीमा स्तम्भमध्ये डोल्पातर्फ ६ र मनाङतर्फ ९ सीमास्तम्भ छन् भने ट्रान्जिट सीमा स्तम्भ २४ नं. कोरलानाकामा पर्छ। जहाँको दशगजा क्षेत्रमा चिनिया सुरक्षाकर्मीले २४ सै घण्टा सीमारक्षाका लागि सीसी क्यामेराद्वारा निगरानी गर्ने गर्छन्। नेपाल पक्षका सुरक्षाकर्मी भने कोरलाको दशगजा यता १० किमी दक्षिणतर्फ बस्छन्।

कोरलाक्षेत्रको उत्तरी चिनसँग सीमाना जोडिएका १६ सीमास्तम्भमध्ये १५ स्तम्भको फेरो समान जस्तै भए पनि १५ वटा सीमा स्तम्भको एकमुस्ट दुरी र ३३ नं. सीमा स्तम्भको दुरी एउटै भएको बिआपी कमाण्डर श्रेष्ठको भनाइ छ। उनका अनुसार ३३ नं. सीमा स्तम्भ लोघेकर गापाको दामोदरकुण्ड धार्मिक स्थलदेखि पूर्वतर्फ रहेको र त्यहाँ सशस्त्रको टोली पुग्न हप्तौं लाग्नसक्ने देखिएको छ। बिओपी तथा सीमावर्ती क्षेत्रका बासिन्दाको भनाइ अनुसार ३३ नं.को सीमास्तम्भ कहाँ छ भन्ने अहिलेसम्म पहिचान नभएको  यसमा चिनपक्षले समेत खोजी गर्न नसकेको जनाइएको छ। 

‘अब बाँकी रहेका ३ सीमा स्तम्भमध्ये २ सीमा स्तम्भको छिट्टै अनुगमन गर्ने योजना छ', बिओपी कमाण्डर श्रेष्ठले भने, ‘३३ नं. सीमा स्तम्भको चिनिया काउन्टर पार्टसँग मिलेर हेलीको सहयोगमा खोजतलास गर्ने योजना छ।’ नेचुङ स्थित बिओपीका अनुसार २५ देखि ३० नं. सीमास्तम्भ पैदल अनुगमन भएको र ३३ नं. को अनुगमन भौगोलिक विकटताका कारण अप्ठ्यारो र चुनौतीपूर्ण हुने जनाएको छ।

शनिबार उत्तरी कोरलानाकामा चिन पक्षका सुरक्षा अधिकारी र नेपाल पक्षका सुरक्षा अधिकारीले संयुक्त रुपमा ६५ औं नेपाल—चिन कुटनीतिक सम्वन्ध स्थापना दिवस अनौपचारिक रुपमा मनाएका छन्। चिन पक्षबाट कोरलामा खटिएका सशस्त्रका डिएसपी निमा र जनप्रथको धोर्जे तेन्जिङ र नेपाल पक्षबाट प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्याल लगायतका सुरक्षा अधिकारीको उपस्थित रह्यो। सो अवसरमा चिन पक्षले पूनः तेश्रो पटक स्वास्थ्य सामाग्री तथा सुरक्षा उपकरण सहयोग गरेको बिओपी कमाण्डर श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.