आरडीटी परीक्षण बन्द

आरडीटी परीक्षण बन्द

काठमाडौं : सरकारले कोरोना संक्रमण निदानका लागि प्रयोग गर्दै आएको र्‍यापिड डाइअग्नस्टिक टेस्ट (आरडीटी) परीक्षण विधि देशभर बन्द गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश सरकार, स्थानीय सरकार र देशभरका अस्पताललाई सूचना जारी गरिसकेको जानकारी दिए।

सरकारको साउन १४ गतेको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले अबदेखि कुनै पनि स्वास्थ्यसम्बन्धी निकायबाट आरडीटी परीक्षण नहुने बताए। आरडीटी विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट  सही नहुने भन्दै चर्को विरोध हुँदै आएको थियो।

 यस्तै मन्त्रालयले १२ वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। पछिल्लो समय कोरोना संक्रण दर बढ्दै गएको भन्दै सरकारले त्यसबाट बच्न बालबालिका र जेष्ठ नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो। उक्त समूहका नागरिकलाई कोरोना जोखिम बढी हुने भन्दै काठमाडौं र काठमाडौंजस्तै घनाबस्ती भएका ठाउँमा घरबाट बाहिर ननिस्कन अनुरोध गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

मन्त्रालयका अनुसार आइतबार थप २४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने २११ जना डिस्चार्ज भएका छन्।यस्तै हालसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ।आइतबार थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.