पाँचवटा चिनी उद्योग बन्द

पाँचवटा चिनी उद्योग बन्द

काठमाडौं : आर्थिक अभावका कारण पछिल्लो समयमा पाँचवटा चिनी उद्योग बन्द भएका छन्। त्यसमध्ये तीन वटा उद्योग गत आर्थिक वर्ष बन्द भएका हुन्।

गत वर्ष उखु क्रसिङको समयमा देशभर १३ वटा चिनी मिल सञ्चालन भएकोमा यस वर्ष १० वटा मात्रै सञ्चालन भएका थिए।  चिनी उत्पादक संघका अनुसार आर्थिक संकटका कारण पछिल्ला दुई/तीन वर्षयता ५ वटा चिनी उद्योग बन्द भइसकेका छन्। 

संघका अनुसार रौटहतमा रहेको श्रीराम सुगर मिल्स, सर्लाहीमा रहेका अन्नपूर्ण सुगर एन्ड जनरल इन्डष्ट्रिज र इन्दु शंकर चिनी उद्योग, नवलपरासीमा रहेको लुम्बिनी सुगर इन्डष्ट्रिज प्रालि बन्द भएका हुन्। 

उत्पादन सुरु भएको एक वर्ष नबित्दै सिराहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी उद्योग उखु अभावका कारण २०७४ मा बन्द भएको थियो। चिनी उद्योग सुरु भएको ३० वर्ष अवधिमा २१ वटा उद्योग बन्द भइसकेका छन्। ३१ उद्योग सञ्चालन भएकोमा विभिन्न समयमा गरी हालसम्म २१ उद्योग बन्द भएका हुन्। सरकारी स्वामित्वमा रहेको विरगञ्ज चिनी कारखाना र लुम्बिनी चिनी कारखाना सञ्चालनमा आउन नसकी लामो समयदेखि बन्द छन्।

संघका अध्यक्ष शशीकान्त अग्रवालले चिनी उद्योग सञ्चालन गर्न समस्या भएको बताए। कम्पनीलाई सहकारीकरण गरेर सञ्चालन गर्ने योजना रहेको उनले सुनाए। किसान, स्थानीय तथा कर्मचारीलाई समेटेर सहकारीमा रुपान्तरण गर्न सके सञ्चालन गर्न सजिलो हुने उनको भनाइ छ। ‘सहकारीकरण गरियो भने सबैको भलो हुन्छ’ उनले भने, ‘कम्पनीबाट सञ्चालन गर्न समस्या भयो।’

संघका अनुसार एउटा उद्योग सञ्चालन गर्न कम्तीमा पनि चार अर्ब लाग्छ। एउटा उद्योगले पाँच सय जनालाई रोजगारी दिन सक्छन्। सहकारी मोडेलमार्फत सबै किसानलाई समेटेर चिनी उद्योगको विविधिकरण गर्ने योजना रहेको उनले बताए। चिनी उद्योग सञ्चालन गर्न चार अर्ब भन्दा बढी लगानी चाहिन्छ। स्वदेशमा माग अनुसारको चिनी उत्पादन गर्न सक्ने क्षमता भएपनि आत्मनिर्भर हुन सकेको छैन। चिनी खरिदमा बर्सेनि करोडौं रुपैयाँ बाहिरिरहेको छ। गत वर्ष सरकारले ७० हजार मेट्रिकटन चिनी भारतबाट आयात गरेको थियो। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ। गत वर्ष कुल खपतमध्ये एक लाख ८० हजार मेट्रिक टन चिनी स्वदेशी उत्पादन र ७० हजार मेट्रिक टन आयात भएको थियो। ६० प्रतिशत औद्योगिक र ४० खाद्यान्नको रुपमा चिनी प्रयोग हुने गरेको छ। 

केन्द्रीय उखु सहकारी संघले तीनवटा मिठ्ठा भेली उद्योग सञ्चालनमा ल्याएको छ। देशभर एक सय १७ वटा उद्योगले उखु तथा भेली उत्पादन गर्दै आएका छन्। संघका अध्यक्ष रामचन्द्र कुशवाले चिनी उद्योग सञ्चालनको तयारी भइरहेको बताए। 

लगातार घाटामा सञ्चालन भइरहेको श्रीराम सुगर मिल्स बन्द भएसँगै उद्योगी तथा किसान निराश भएका छन्। गोल्छा र विशाल समूहको लगानीमा रौटहतको पहिलो उद्योग साउन ११ गतेदेखि बन्द गर्ने व्यवस्थापन पक्षले घोषणा गरेको छ। कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन्। किसानले समेत उखुको मूल्य पाउन नसक्दा हैरानी छन्। व्यवस्थापन पक्षले चल/अचल सम्पत्ति बिक्री गरेर बक्यौता भुक्तानी गर्ने बताएका छन्। 

दुई दशक अघिदेखि स्थापना भएको उद्योग सुरुका वर्षमा नाफामा सञ्चालन भएपनि पछिल्लो समयमा घाटामा सञ्चालन हुँदै आएको थियो। गत आर्थिक वर्षमा १३ दिन मात्रै क्रसिङ भएको उद्योग गत फागुन १३ गतेदेखि पूर्ण रूपमा बन्द भएको थियो। उद्योगले आर्थिक वर्ष २०७५/७६ सम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७५ रुपैयाँ नोक्सानी बेहोरेको छ। सञ्चालन गर्ने प्रयास गरेपनि आर्थिक कठिनाइका कारण समस्या सिर्जना भएको कम्पनीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.