स्याङजाको सेतीखोलामा बेवारिसे अवस्थामा बुलेट मोटरसाइकल  भेटियो

स्याङजाको सेतीखोलामा बेवारिसे अवस्थामा बुलेट मोटरसाइकल  भेटियो

स्याङजा : फेदिखोला गाउँपालिका २ स्थित भालुपहाडस्थित जलकुण्डमा बुलेट मोटरसाइकल भेटिएको छ । भालुपहाडको बीचबाट गुजे्रको सिद्धार्थ राजमार्ग भन्दा ५÷६ सय मीटर तल रहेको सेतीखोलास्थित जलकुण्डमा आइतबार साँझ मोटरसाइकल भेटिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । 

हरियो रंगको बुलेट मोटरसाइकलमा नम्बर प्लेट नभएको र हेलमेट भने अर्को साइडमा रहेको उनले भने । खोलामा माछा मार्न गएका व्यक्तिले खोलामा मोटर साइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीसहितको टोली सोमबार बिहानदेखि अनुसन्धानमा जुटेको प्रनाउ अधिकारीले बताए ।  

पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकाको संगमस्थलमा रहेको पयर्टकीय क्षेत्र हो भालुपहाड । ठूला, काला पत्थरिला पहाड भएकाले सो पहाडलाई भालुपहाडको नामांकरण गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.