भत्ता बुझ्‍न गएका वृद्धको ढुंगाले लागेर मृत्यु

भत्ता बुझ्‍न गएका वृद्धको ढुंगाले लागेर मृत्यु

फिदिम : भीरबाट झरेको ढुंगाले लागेर फिदिम नगरपालिका ११ का ८२ वर्षीय हरीप्रसाद श्रेष्ठको सोमबार बिहान मृत्यु भएको छ ।  मृतक श्रेष्ठको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्ष सिद्धराज न्यौपानेले जानकारी दिए । 

सेजेपाको भीरबाट झरेको ढुंगा श्रेष्ठको टाउकोमा बज्रिदा उनको घटनास्थलमै मृत्यु भएको हो । श्रेष्ठको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको छ ।

वृद्धाभत्ता थाप्न आइतबार श्रीमतीसँग फिदिम आएका श्रेष्ठ घर फर्कने क्रममा साँझ परेपछि आफन्तकोमा बास बसेका थिए । बिहान सबेरै उठेर घर जाने क्रममा भीरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको हो ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.