बेपत्ता पंकजको शव बुलेटसँगै भेटियो

बेपत्ता पंकजको शव बुलेटसँगै भेटियो

स्याङजा : फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कंकाल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्‍कै एक महिनाअघिदेखि वेपत्ता रहेका १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला परको हो । 

उनको शव हड्डी भाँचिएको र मक्‍किएको अवस्था फेला परेका छ। उनले लगाएको लुगाका आधारमा आफन्तले पहिचान गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । बाबा जीवन गिरीले शवको जिम्मा लिएका छन् भने शब पोष्ट मार्टमका लागि अस्पताल लगिने तयारी भइरहेको उनले बताए । 

स्याङजाको चापाकोट नगरपालिका ५ घर भएका गिरी पोखरास्थित जनप्रिय क्याम्पसमा १२ कक्षाको परीक्षाको तयारीमा थिए । असार १८ गतेदेखि बेखबर रहेका उनको सोमबार (आज) मोटरसाइकल भेटिएको थियो।मोटसाइकल झिक्ने क्रममा गन्ध आएपछि खोजतलास गर्नेक्रममा सडेको अवस्थामा शव भेटिएको प्रहरी प्रवक्ता समेत रहेका अधिकारीले जनाए । 

माछा मार्न जाने व्यक्तिले आइतबार साँझ बुलेट मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए। पोखरा महानगरपालिका ५ पस्र्याङमा बस्दै आएका  गिरी ना ४० प ३७२० नम्बरको हरियो रंगको बुलेट बाइक भाडामा लिएर हिँड्ने गरेको आफन्तको भनाइ छ । 

बुलेट मोटरसाइकल र कंकाल फेला परेपछि प्रहरीले गिरी परिवारलाई घटनास्थलमा बोलाएको थियो । घटनास्थलमा भेटिएका लुगाका आधारमा कंकाल उनकै भएको परिवारले जनाएपछि आफन्तले सनाखत गरेका छन् । 

दुर्घटना हो वा हत्या हो यसबारे एकिन गर्न नसकिएको प्रहरीले बताएको छ।यसबारे थप अनुसन्धान हुने प्रनाउ अधिकारीले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.