त्रिशूली-रसुवागढी सडक दशौं पटक अवरुद्ध

त्रिशूली-रसुवागढी सडक दशौं पटक अवरुद्ध

नुवाकोट : त्रिदेशीय मार्गको रुपमा रहेको त्रिशूली–स्याफ्रुवेशी–रसुवागढी सडक पहिरोका कारण पुनः अवरुद्ध भएको छ । अविरल वर्षपछि खसेको पहिराले रसुवागढी नाका जोड्ने सडक यस वर्ष दशौं पटक अवरुद्ध भएको हो । 

नेपाल–चीन प्रवेशका लागि छोटो दूरीको रसुवागढी नाका हाल सञ्चालनमा रहेको नएउटै नाका हो । सो सडकमार्गको धुन्चे–स्याफ्रुबेसी सडक खण्डको खोपाङ भीरमा ठूलो पहिरो गएपछि सडक फेरी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरो पन्छाउने कार्य भइरहेको छ । ठूलो पहिरो गएका कारण तत्काल सडक सञ्चालनमा आउने सम्भावना नरहेको प्रहरीले जनाएको छ । 

सो सडक खुलाउनका लागि पहल भइरहेको रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । ‘आधा सडक नै पहिरोले लगेको छ’, उनले भने, ‘दुई दिनपछि सडक खुल्ने सम्भावना छ ।’ 

पहिरो पन्छाउनका लागि लागि सडक डिभिजन कार्यालयसँग समन्वय गरिररहेको उनको भनाइ छ । रसुवागढी काठमाडौदेखि १५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको छ । 
चीन सरकारले गत सन् २०१७ सेप्टेम्वर १ देखि अन्र्तराष्ट्रिय नाकाको मान्यता दिएको रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक साउन १ गतेदेखि नै बन्द छ । सो सडकको पहिरो समेत पन्छाउन नसकिएको प्राविधिकहरुले ब्ताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.