१६ लाखसहित एक पक्राउ
कपिलवस्तु : नेपाल भारत सीमा क्षेत्र नजिकबाट स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनार रहेको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
मायादेवी गाउँपालिका–४ ठकुरापुर गोब्ली बगैंचामा भारतबाट नेपाल आउँदै गर्दा सीमा क्षेत्रमा सो रकमसहित सोनालाई पक्राउ परेका हुन् । विशेष सुराकीका आधारमा सोनार उपर निगरानी गर्दा सो रकमसहित पक्राउ परेका हुन् ।
सोनारको साथबाट हजार दरका एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी नेपाली रुपैयाँ बरामद भएको हो । पक्राउ परेका सोनार र १६ लाख रुपैयाँ सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए ।