राजस्व अनुसन्धान प्रमुख दुई लाख घुससहित पक्राउ
काठमाडौं : राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना दुई लाख घुसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राना र व्यवसायी अनिलकुमार झाबीच रकम लेनदेन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई बुटवल उपमहानगरपालिका१३ बुद्धचोक, रुपन्देहीबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेका अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जनाकारी दिए ।