२४ घन्टामै थपिए उपत्यकामा ६२ जना कोरोना संक्रमित

२४ घन्टामै थपिए उपत्यकामा ६२ जना कोरोना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

काठमाडौंका ५७ जना र ललितपुरका ५ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। मंगलबार पनि उपत्यकामा ६२ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार बुधबारसम्म ६ हजार १ सय ७४ जना कोरोनाका सक्रिय बिरामी छन्। जसमध्ये प्रदेश १ मा ३१२ जना, प्रदेश २ मा २ हजार ६ सय २२ जना, बागमती प्रदेशमा ७८५ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३४० जना, कर्णली प्रदेशमा २९२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ सक्रिय बिरामी रहेको मन्त्रालयले जनाएको छ।

यस्तै बुधबार थप ३८१ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २१ हजार ३९० पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३० जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १५ हजार १ सय ५६ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पीसीआर नमुना परीक्षण भएका छन्।क्वारेन्टाइनमा रहनेको संख्या ९हजार ९सय २५ ‍पुगेको छ यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ६ हजार १ सय ७४ जनाको उपचार भइराखेको छ । मन्त्रालयका अनुसार कोरोनाबाट ६० जनाको मृत्यु भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.