कालिकोटमा बाढी-पहिरो बितण्डता : १८ जनाको मृत्यु, ७ वेपत्ता, ३ सय ५८ घर भत्किए

कालिकोटमा बाढी-पहिरो बितण्डता : १८ जनाको मृत्यु, ७ वेपत्ता, ३ सय ५८ घर भत्किए

कालिकोट : जिल्लामा वर्षायाम सुरु भएसँगै बाढी र पहिरोमा व्यापक जनधनको क्षति भएको पाइएको छ । बुधबार विपद् व्यवस्थापन समिति कालिकोटको बैठकमा प्रस्तुत गरिएको बाढी र पहिरोबाट भएको क्षतिको विवरण अनुसार यस वर्ष जिल्लामा बाढी र पहिरोबाट व्यापक क्षति भएको पाइएको हो । 

सहयाक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईले गत असार यता जिल्लामा बाढी र पहिरोमा परी १८ जनाको मृत्यु, ७ जना बेपत्ता भएको जानकारी दिए । उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा गरी ३ सय ५८ घर भत्किएका छन् । जम्मा ५ सय ९५ परिवार विस्थापित भएका छन् । २ हजार ५ सय ५६ परिवार संख्या गासबासबिहीन भएका छन् ।

जिल्लाको सबैभन्दा बढी क्षति भएको नरहरीनाथ गाउँपालिकामा १० जनाको मृत्यु, एकजना वेपत्ता, ५३ घर भत्किए, ४९ परिवार विस्थापित भएका छन् ।कुल १ हजार ९ सय १९ परिवार संख्या गासवासबिहीन भएका छन् । यस्तै रास्कोटल नगरपालिकामा २ जनाको मृत्यु, ५ जना वेपत्ता, ३० घर भत्किए, १६ परिवार विस्थापित, ८९ परिवार संख्या गासवासबिहीन भएका छन् । 

यस्तै सान्नीत्रिवेणी गाउँपालिकामा २ जनाको मृत्यु, १ सय ३ घर भत्किए, ५१ परिवार विस्थापित, ३ सय ४७ परिवार संख्या गासवासबिहीन भएका छन् । पचालझरना गाउँपालिकामा १ जनाको मृत्यु, १ सय २२ घर भत्किए, ३ घर विस्थापित, २६ जना परिवार संख्या गासवास बिहीन भएका छन् ।

यस्तै पलाँता गाउँपालिकामा १ जनाको मृत्यु, ८ घर भत्किएका छन् । यस्तै तिलागुफा नगरपालिकामा ८ घर भत्किए, १ घर विस्थापित, ४ जनाको परिवार गासवासबिहीन भएका छन् । 

महाँवै गाँउपालिकामा २ जनाको मृत्यु, ५ घर भत्किए, १ घर विस्थापित, १२ जनाको परिवार संख्या गासवास बिहीन भएका छन । यस्तै शुभकालिका गाँउपालिकामा ९ घर भत्किए, ९ परिवार विस्थापित भएका छन् । ८२ परिवार संख्या गासवास बिहीन भएका छन् । 

प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको अध्यक्षतामा बसेको बैठकमा नरहरीनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले गाउँपालिकाको वडा नं. ४ र ५ पुरै पहिरोग्रस्त भएकाले मानिसलाई राख्ने ठाउँकै समस्या परेको बताए ।

उनले गाउँको कुनै ठाउँमा पनि मानिस राख्न नसकिने अवस्था आएकाले नयाँ ठाउँको खोजी गरी उनीहरुलाई राख्नुपर्ने बताए । रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले जिल्लाको ९ वटै पालिकाको बाढी पहिरोको जोखिमको अवस्था बुझ्न संघिय सरकारलाई भु-गर्भिविद खटाइदिन आग्रह गर्नुपर्ने बताए । उनले रास्कोटमा अहिलेसम्म कल्पना  नगरिएको विपद् आएको बताए । 

बैठकमा राजनीतिक दलहरुले बाढी र पहिरो पीडितलाई तत्काल राहत र सुरक्षित स्थानान्तरण गर्न माग गरेका छन् । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाही, नेकपाका नेता नगिन्द्र शाही नेशनल, समाजबादी पार्टीका नेता नरेन्द्रबहादुर शाही लगायतका नेताहरुले स्थानिय सरकारदेखी संघिय सरकारसम्मका तीनवैट सरकारले बाढी र पहिरो पीडितलाई रातह र सुरक्षितठाउँमा स्थानान्तरण गर्न ढिलाइ गरेको भन्दै नागरिकलाई विपद्का बेला सरकार भएको महसुस दिलाउन माग गरेका हुन् । बैठकमा जिल्ला स्तरका गैरसरकारी संस्थाका प्रमुख भिडिसेफ नेपालका अध्यक्ष मीनबहादुर बोगटी, हुरेण्डेकका उपाध्यक्ष बिरेन्द्र बुढा, रेड्क्रसका सभापती बलप्रसाद संज्याल लगायतले आफ्नो संस्थागत सहयोगका विषयमा जानकारी गराएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.