लर्डबुद्ध र लायन्स क्लबबीच छात्रवृत्ति सम्झौता
काठमाडौं : लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी १ बीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ । सम्झौता अनुसार, लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा सञ्चालित शैक्षिक कार्यक्रम 'बीएस्सी आइटी, 'बीबीएम ईबीजनेश', 'एमबीए' र 'एमएस्सी आइटी' मा प्रत्येक कार्यक्रममा हरेक वर्ष एकजना गरीब तथा जेहेनदार विद्यार्थीले ट्यूसन फीमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सक्ने छन्।
लर्ड बुद्धले प्रदान गर्ने यो छात्रवृत्ति ८ लाख ६५ हजार रुपैयाँ बराबरको छ । विद्यार्थीको छनौट लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी १ ले गर्नेछ । सम्झौतापत्रमा लायन्स क्लब अफ नेपालका तर्फबाट डिस्ट्रिक गभर्नर मनबहादुर रोका र फाउण्डेसनका तर्फबाट अध्यक्ष पंकज जालानले हस्ताक्षर गरेका थिए ।
यसको साथै लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी१ अन्तरगत रहेका क्लबका सदस्य र उनका परिवारले लर्ड बुद्धमा अध्ययन गर्न चाहेमा ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्नेछन ।
यस छात्रवृत्तिले डिस्ट्रिक गभर्नर मनबहादुर रोक्काले प्रस्तुत गरेको नारा 'नरचर द फ्युचर' लाई सार्थक बनाउने विश्वास रहेको अध्यक्ष जालानले बताए । उनका अनुसार, लायन्स क्लबका सदस्यले सिफारिस गरेका जो कोही योजनाबाट लाभान्वित हुन सक्ने छन।
काठमाडौंको मैतीदेवीमा अवस्थित यो कलेज मलेसियाको एसिया प्यासिफिक यूनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो । यस संस्थावाट हाल सम्म करिव आठ हजार भन्दा बढी व्यक्तिले सुचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेका छन ।