सिरहामा कोरोना संक्रमित युवकको मृत्यु

सिरहामा कोरोना संक्रमित युवकको मृत्यु

सिरहा : बुधबार कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय अशोक महतोको मृत्यु भएको छ । उनको धरानमा उपचारको क्रममा मृत्यु भएको हो । 

उनको शव सिरहा ल्याउने र नेपाली सेना दाह संस्कार गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । उनका अनुसार मृतक युवकको दुवै किड्नीमा समस्या थियो । उनी नियमित डाइलोसिस गराउँदै आएका थियो। 

‘डाइलोसिस गराउने क्रममा जनकपुरमा उनको स्वाब संकलन गरेको थियो। पीसीआर रिर्पोट पोजेटिभ देखिएपछि उनलाई धरानमा उपचारका लागि पठाइएको थियो,’उनले भने । सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.