कर्मचारी संक्रमित भएपछि रामग्राम नगरपालिका शिल

कर्मचारी संक्रमित भएपछि रामग्राम नगरपालिका शिल

परासी  : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका शुक्रबारदेखि शिल गरिएको छ। सदरमुकाम परासीमा रहेको नगरपालिका क्षेत्रमा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो।

जसमा नगरपालिकाका एक कर्मचारी र वडा नं १८ का एक जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो। कर्मचारीमा पोजिटिभ देखिएपछि साउन मसान्तसम्म नगरपालिका शिल गरिएको नगर प्रमुख नरेन्द्र गुप्ताले बताए। 

शिल गरिएको समय अवभिभर कार्यालय पूर्णरूपमा बन्द रहने छ। त्यसैगरी सुनवल नगरपालिकामा ७७ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। अन्य स्थानीय तहमा गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.