त्रिसारा अगरबत्ती बजारमा

त्रिसारा अगरबत्ती बजारमा

काठमाडौ : नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रालिको गुणस्तरीय उत्पादन त्रिसारा अगरबत्ती बजारमा आएको छ। त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहकले मनमोहक सुगन्धको अनुभव गर्न पाउनेछन् । त्रिसाराको प्रति प्याक मूल्य एक सय रुपैयाँ कायम गरिएको छ र यस अन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् । 

यसअघि उक्त कम्पनीले मंगलदीप अगरबत्ती बजारमा ल्याइएको थियो। मंगलदीप उपभोक्तामाझ निकै लोकप्रिय अगरबत्ती बनेको छ।मंगलदीप अगरबत्तीको बजार लोकप्रियता, विस्तृत बजार अनुसन्धान र ग्राहकसँगको नियमित संवाद तथा उनीहरुको चाहनालाई सम्बोधन गर्दै कम्पनीले मंगलदीप त्रिसारा नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको हो। 

जिप लकले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समयसम्म टिक्ने कम्पनीको दावी छ।त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवद्र्धन गर्ने निर्णय कम्पनीले गरेको छ । सूर्य नेपाल प्रालिले विभिन्न स्वदेशी अगरबत्ती उद्योगलाई आफ्नो संस्थागत सामाजिक दायित्वअन्तर्गत मंगलदीप अगरबत्ती बनाएको हो।

नेपालको सांस्कृतिक परिवेशमा अगरबत्तीले एकदमै महत्व राख्ने हुनाले यसको नेपाली बजारमा मात्र नभइ विदेशमा पनि माग ठूलो छ । सूर्य नेपाल प्रालिले तीर सलाई तथा टफिचु कन्फेक्सनरीजस्ता उच्च गुणस्तरका उत्पादनमार्फत युवा रोजगार तथा महिला सशक्तिकरणमा अग्रणी भूमिका निभाउदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.