नुवाकोटका सातजनामा देखियो कोरोना संक्रमण

नुवाकोटका सातजनामा देखियो कोरोना संक्रमण

नुवाकोट : नुवाकोटमा शुक्रबार एकैदिन सातजनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । विदुर नगरपालिका क्षेत्रका ६ र एकजना गरी सातजनामा पन्चकन्या गाउँपालिकाका संक्रमित पुष्टि भएको हो ।

यसअघि पहिचान भएका संक्रमितको 'कन्ट्रयाकट्रेसिङ' को क्रममा सातजनामा कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार काठमाडौं पठाएको स्वाब परीक्षणमा विदुर नगरपालिकाका ६ जना र पञ्चकन्या गाउँपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ । 

संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी र एकजना सेनामा कार्यरत व्यक्ति रहेका छन् । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीका एकजना स्वास्थ्य सहायक र सेनाको गणमा कार्यरत एकजना सिपाही रहेको जनाइएको छ । यससँगै नुवाकोटका ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

३६ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । १० जना अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् । पाँचजना नुवाकोट जिल्ला अस्पताल त्रिशूली र ५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । 

एकैपटक समुदायस्तरका सातजनामा कोरोना संक्रमण फेला परेपछि नुवाकोट थप असुरक्षित र जोखिमपूर्ण भएको छ । नुवाकोटमा अत्यावश्यक बाहेकका सेवालाई कम गरिएपनि संक्रमणको बढ्दो संख्याले सर्वसाधारणमा त्रास सृजना गरेको छ ।

यसअघि पनि बिहीबार काठमाडौंको वीर अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणमा लिखु गाउँपालिका घर भएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । लिखुमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । 

योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५३ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार हाल आइसोलेसनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।नुवाकोटमा हालसम्म ३६ संक्रमित स्वास्थ्य उपचारपछि निको भएर घर फर्किएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.