आँधीखोलामा सलह, बाली सखाप

आँधीखोलामा सलह, बाली सखाप

स्याङजा : आँधीखोला गाउँपालिकामा सलह देखिएका छन्। हजारौंको संख्यामा देखिएका सलहले खेतीबालीमा धेरै क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन्।आँधीखोला–६ फापरथुममा लगाइका कोदो, तरकारी सखापै पारेको स्थानीयबासी हरिप्रसाद ढकालले बताए। ‘केही दिनअघि तीन हलले कोदो रोपेका भगवान ढकालको बारीमा अहिले ठूटो मात्रै छ।’ हरिप्रसादले भने–‘तरकारी र अन्य बाली पनि उस्तै छन्।’ 

केही दिनअघि फाट्टफुट्ट मात्रै देखिएका सलह बिहीबार साँझ हजारौंको संख्यामा आएको स्थानीयले बताएका छन्।सलहलाई आएपछि गाउँलेले टिन, ढ्याङग्रो, थाल ठटाउने,  आगो बालेर धुँवाको मुस्लो निकाली भगाउने प्रयास गरेको ढकालले बताए। 

सलह कीरा पर्वतबाट आएको हुनसक्ने स्थानीयको अनुमान छ। अहिलेसम्मकै ठूलो झुण्ड आएको उनीहरुकोे भनाइ छ।  पालिकामा केहीदिनदेखि सलहले धेरै क्षति पु¥याएको बताउदै पालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले भने ‘हामी क्षतिको विवरण संकलनका क्रममा छौं। अझै सलहले पालिका छाडिसकेको छैंन।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.