सलहले मुस्ताङका बालीमा क्षति

सलहले मुस्ताङका बालीमा क्षति

जोमसोम : पछिल्लो समय सलह किराको ठुलो झुन्डले मुस्ताङमा बालीनालीमा क्षति पुर्‍याएको छ। जिल्लाको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न गाउँमा लगाइएको बर्खे बालीनालीमा क्षति पुर्‍याएको जनाइएको छ।

जिल्लाको वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ठुलो परिमाणमा मकै, फापर, सिमी र स्याउमा सलह किराले क्षति पुर्‍याएको वारागुङ मुक्तिक्षेत्रका कृषि प्राविधिक पेमा यल्मोले जानकारी दिए। लोघेकर दामोदरकुण्डको यारा, घारा, मराङ, चराङ, घिलिङ र घमी लगायतका स्थानमा लगाइएको अन्नबालीमा क्षति पुर्‍याएको जनाइएको छ। यस्तै ,वारागुङ मुक्तिक्षेत्रको ताङ्वे, तिरी, फल्याक, खिङ्गा, कागबेनी र मुक्तिनाथ लगायतका क्षेत्रमा लगाइएको फापर, मकै, सिमी र स्याउका बोट सखाप बनाएको कृषि प्राविधिक यल्मोले बताए।

घरपझोङ गाउँपालिकाको ठिनी, स्याङ, जोमसोम, मार्फा, छैरो र चिमाङ र थासाङ गाउँपालिकाका लेते, टुकुचे, कोवाङ र कुञ्जो लगायतका गाउँमा पनि सलह किराको झुन्डले आशिंक क्षति पुर्‍याएको थासाङका प्रमुख प्रशासकीय अधिकृत सन्तोष केशीले जानकारी दिए। यसवर्ष स्याउ, फापर लगायतमा सलहले पुर्‍याएको क्षति र स्याउमा देखा परेको स्क्याब रोगका कारण कृषि उपजको उत्पादन घट्ने प्रशासकीय अधिकृत केशीले बताए।

मुस्ताङमा विगत एक महिनादेखि सलह किराको प्रभाव देखिएको हो। सलह किराले अन्नबालीमा क्षति पुर्‍याएपछि मुस्ताङका किसान चिन्तित बनेको घरपझोङका किसान अजित थकालीले बताए। मुस्ताङमा सलह किराले किसानले लगाएको अन्नबाली क्षति पुर्‍याए पनि स्थानीय तहले यसको अनुगमन नगरेको थकालीको दुखेसो छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डमा सलह किराको ठुलो झुन्ड बालीनालीमा प्रवेश गरेपछि स्थानीय किसानले आगो बालेर धुवा पुत्याउने, थाल ठटाउने विधि अपनाएर सलह धपाएका छन्।

मुस्ताङमा सातौं पटक लाखौंको संख्यामा सलहको झुन्ड देखिएको जनाइएको छ। भारतका विभिन्न प्रान्त हुँदै नेपाल प्रवेश गरेको सलहको झुन्ड एक महिनासम्म निरन्तर देखा परिरहेको लोघेकर दामोदरकुण्ड—३ का वडाध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिए। उनका अनुसार म्याग्दी हुँदै मुस्ताङ प्रवेश गरेको सलहको झुन्ड दामोदरकुण्ड, मुक्तिनाथ र उत्तरी कोरलानाका हुँदै तिब्बत पुगेको हो। 

हावाको रफ्तारमा गन्तब्य बदल्ने गरेका सलहको झुन्ड दक्षिणी हावा चल्दा उत्तरतर्फ र उत्तरी हावा चल्दा दक्षिणतर्फ लाग्ने गरेको पाइएको छ। मुस्ताङमा ३० देखि ८० नटसम्मको उन्माद हावा चल्ने हुनाले हावाको प्रवाहमा सहलको झुन्ड अनियन्त्रित भइ उडेको देखिन्थ्यो। यस्तै घाम पर्दा आकाशमा उड्ने र वर्षा हुँदा जमिनमा बस्ने भएकाले मुस्ताङको हावापानीले सहल किराको झुन्ड असन्तुलित र प्रतिकुल देखिने गरेको स्थानीयको भनाइ छ। शनिबार सलहको ठुलो झुन्ड उत्तरतर्फबाट दक्षिणतर्फ बहकिंदै जोमसोममा मडारिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.