सगोलमा बस्दा संक्रमण, बागलुङमा थप १३ मजदुर संक्रमित

सगोलमा बस्दा संक्रमण, बागलुङमा थप १३ मजदुर संक्रमित

बागलुङ : कोरोना संक्रमणको जोखिमका बीच पनि सगोलमा बस्नुपर्ने बाध्यताका कारण बागलुङमा थप १३ मजदुर संक्रमित भएका छन्। धौलागिरी अस्पताल बागलुङको ‘सी ब्लक’भवन निर्माण कार्यका लागि आएका थप १३ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। 

अस्पताल भवनकै लागि आएका एक २५ वर्षीय युवकमा गत साउन १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका युवकसहित १८ जनाको समूह साउन १३ गते महोत्तरीबाट आएका थिए। जिल्ला आएलगत्तै १८ जनाकै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकामा एक जनामा मात्रै कोरोना संक्रमण पाजिटिभ देखिएको थियो। अन्य सबैको नेगेटिभ आएको  थियो।

एक जनामा मात्रै पोजिटिभ देखिए पनि जिल्ला भित्रिएपछि एक साता सबै मजदुर सँगै बसेकाले बाँकी १७ जनालाई बानपा १ रामरेखा स्थित क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइन राखेको पाँच दिनपछि पुनः स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजिटिभ आएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिए। ‘बाहिरबाट आएको हुनाले हामीले शुरुवातमै पीसीआर त गर्‍यौं तर एक जनामा मात्रै पोजिटिभ देखियो’, डा.पोखरेलले भने, ‘सामाजिक दुरी, स्वास्थ्य सुरक्षा भने पनि मजदुरहरुको बाध्यताले सगोलमा बसेका कारण एक साताकै अन्तरमा नेगेटिभ रिपोर्ट आएकामा समेत कोरोना संक्रमण देखियो।’ यो घटनाले लकडाउनको अवस्था नरहे पनि स्वयम् हरेक नागरिकले सामाजिक दुरी, आवश्यक स्वास्थ्य सुरक्षाको पालनामा विशेष ध्यान दिन जरुरी देखिएको उनले बताए।

महोत्तरीबाट आएर धौलागिरी अस्पतालको ‘सि ब्लक’ भवनमै बसेका १८ मध्ये १४ जनामा कोरोना संक्रमण भएपछि अस्पतालको भवन निर्माण कार्य प्रभावित भएको छ।  शनिबार कोरोना पुष्टि भएका १३ जनालाई धौलागिरी बहिरा बिद्यालयको प्रिआइसोलेसनमा राखिने डा.पोखरेलले बताए। यसअघि कोरोना पुष्टि भएका अर्का मजदुरलाई भने धौलागिरी क्याम्पसको प्रिआइसोलेसनमा राखिएको छ। 

नेपालमा पाँचौ र छैठौ संक्रमित पुष्टिपछि लामो समय सकस बेहोरेको बागलुङमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम कम हुँदै गएको आँकलन गरिएको थियो। तर, पछिल्लो समय दुई स्वास्थ्यकर्मीसहित संक्रमितको संख्या दैनिक बढ्दो क्रममा छ। अहिलेसम्म जिल्लामा २ सय ६१ जना कोरोना संक्रमित छन्। जसमध्ये २ सय ३५ जना निको भएर घर फर्किसकेका छन्। एक जनाको क्वारेन्टाइनमै मृत्यु भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.