प्रभावकारी छैन अनलाइन कक्षा

प्रभावकारी छैन अनलाइन कक्षा

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको भेरी ज्ञानोदय क्याम्पस जाजरकोटकोटमा लकडाउनपछि स्नातक तहको पठनपाठन पूर्णरुपमा बन्द छ। कोरोनाको त्राससँगै अधिकांश विद्यार्थी गाउँ पसेका छन्। जहाँ फोन र बिजुली भरपर्दो छैन। विद्यार्थी अनलाइन कक्षामा सहभागी हुन सम्भव छैन। 

यही क्याम्पसमा स्नातकोत्तर तहका विद्यार्थी जो सदरमुकाम वरिपरि र इन्टरनेटको पहुँचमा छन्, एकदम कम मात्र विद्यार्थीले क्याम्पसले चलाएको अनलाइन कक्षा लिएका छन्। यही बिचमा विश्वविद्यालयले मिडटर्म परीक्षा लिने सूचना जारी गरिसकेको छ। तर अधिकांश विद्यार्थीलाई यही परीक्षा हुने बारे पनि थाहा छैन। कारण उनीहरु टेलिफोन नै नलाग्ने गाउँमा छन्। न त उनीहरु अनलाइनको पहुँचमा नै छन्।

विश्वविद्यालयको आंगिक क्याम्पस तिलाकर्णाली बहुमुखी क्याम्पस कालिकोटमा पनि लकडाउनपछि पठनपाठन बन्द छ। त्यहाँ अध्यनरत कुनै पनि विद्यार्थी  हालसम्म क्याम्पसले चलाएको अनलाइन कक्षामा सहभागी भएका छैनन्। यस्तै सुर्खेतको जनता बहुमुखी क्याम्पस विद्यापुरमा अध्ययनरत ८५ प्रतिशत विद्यार्थी अनलाइनको पहुँचमा छैनन्। कोरोना भाइरसको त्रासका कारण चार महिनादेखि क्याम्पस बन्द छ। विद्यार्थीहरु घर गएका छन्। अधिकांशको घरमा विद्युत र नेटको सुविधा छैन। 

तर विश्वविद्यालयले एकाएक अनलाइनबाटै मिडटर्म परीक्षा लिन उर्दी जारी गरेको छ। कोर्ष नै अगाडि नबढेको अवस्थामा क्याम्पस प्रशासन भने अलमलमा छन्। त्यस्तै सुर्खेतकै भेरी क्याम्पस गुमीमा आधाभन्दा बढी विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन्। पहिलो सेमेष्टरमा अध्यनरत कुल ६० जना विद्यार्थीमध्ये १०-१५ जना मात्रै अनलाइन कक्षामा सहभागी हुन्छन्। अधिकांशले चाहेर पनि इन्टरनेटको पहुँच नहुँदा अनलाइन कक्षा लिन पाएका छैनन्। वीरेन्द्रनगरमा रहेको केन्द्रीय क्याम्पसमा पनि सिमित विद्यार्थी मात्रै अनलाइन कक्षाको पहुँचमा छन्। 

वीरेन्द्रनगरमा भएका विद्यार्थी पनि विद्युतको अनियमितता र मोबाइलमा डाटा लिने पैसा नहुँदा अनलाइन कक्षामा सहभागी छैनन्। यस्तो अवस्थामा विश्वविद्यालयले विद्युतीय माध्यम (अनलाइन र अफलाइन) बाट मध्यवर्ती (मिडटर्म) परीक्षा लिने तयारी थालेको छ। कोर्ष पूरा नहुँदै कोरोना महामारीकै बिचमा विश्वविद्यालयले विद्युतीय माध्यमबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि विद्यार्थी चिन्तित बनेका छन्। पढ्न नपाएका विद्यार्थीहरुले अनलाइनबाट परीक्षामा सहभागी हुनसक्ने अवस्थासमेत नरहेको गुनासो गरेका छन्। साथै लकडाउन अवधिमा क्याम्पस बन्द भए पनि शुल्क तिर्न बाध्य पारिएको विद्यार्थीले गुनसो गरेका छन्। 

लकडाउनका कारण कोर्ष नै पूरा नभएको र अधिकांश विद्यार्थी अनलाइन कक्षाको पहुँचमा नरहेको अवस्थामा लिइने परीक्षा सान्दर्भिक नहुने विद्यार्थीहरुको तर्क छ। ‘जाजरकोटका सबै ठाउँमा फोन नै लाग्दैन, आधा कोर्ष पनि पढाइ भएको छ्रैन’, विश्वविद्यालय अन्तर्गतको भेरी ज्ञानोदय क्याम्पस जाजरकोटका स्ववियु सभापति प्रदिप खड्का भन्छन्, ‘अनलाइन कक्षा नाम मात्रका हुन्, अधिकांश विद्यार्थी सहभागी हुनै सकेका छैनन्। क्याम्पस बन्द भएको अवस्थामा नपढाएरै परीक्षा लिने निर्णय विश्वविद्यालयले तत्काल रद्द गर्नुपर्छ।’ यस्तै विश्वविद्यालयको केन्द्रीय क्याम्पसका स्ववियु सभापति झक्कबहादुर शाहीले लकडाउनभर विश्वविद्यालय बन्द भएको र अहिले मासिक शुल्क असुल्नका लागि मात्र मिडटर्म परीक्षाको रणनीति अगाडि सारिएको बताए। अनेरास्ववियू सुर्खेतका सहसंयोजक जगत ढकालले पनि लकडाउनमा पढ्नै नपाएका विद्यार्थीको अनलाइनबाटै परीक्षा लिने निर्णय विद्यार्थीहरुको हितमा नभएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.