कर्णालीमा कोरोना रोकथामको सात करोड बजेट फ्रिज

कर्णालीमा कोरोना रोकथामको सात करोड बजेट फ्रिज

सुर्खेतः कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विनियोजन गरिएको बजेट नै फ्रिज भएको छ । प्रदेश सरकारले कोरोना महामारीविरुद्ध जुध्नका लागि छुट्याएको बजेट मध्ये सात करोड रुपैयाँ खर्च हुन नसकेको हो । खर्च नभएपछि उक्त बजेट फ्रिज भएको हो ।

कर्णालीमा केन्द्र र प्रदेश सरकारबाट कोरोनाविरुद्ध जुध्नका लागि ३० करोड ५९ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो । जसमध्ये सात करोड ३६ लाख चारसय ५० रुपैयाँ फ्रिज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना प्रतिकार्यको ७७ प्रतिशत अर्थात २३ करोड ५५ लाख ५४ हजार पाँचसय ५० रुपैयाँ मात्रै कार्यान्वयन भएको छ । 
कोरोनाको त्रासपछि प्रदेश सरकारले १० करोड चारलाख १५ हजार रुपैयाँ विकास बजेट कटौती गरेर प्रतिकार्यका लागि रकमान्तर गरेको थियो । त्यस्तै राहत कोषबाट थप दुई करोड ५० लाख रुपैयाँ कोरोना विशेष अस्पतालाई उपलब्ध गराएको थियो । जसमा प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक÷एक करोड र रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । 

त्यस्तै कोरोना प्रतिकार्यकै लागि थप १६ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले प्रदेश अस्पताल सुर्खेत र स्वास्थ्य कार्यालय दैलेखलाई एक÷एक करोड रुपैयाँ कोरोना प्रतिकार्यका लागि उपलब्ध गराएको थियो । जिल्ला तहमा नागरिकले प्रभावकारी स्वास्थ्य सुविधा नपाएको, अस्पतालहरुमा आवश्यक उपकरण नभएको, औषधिको उपलब्धता नभएको र अधिकांश क्वारेन्टाइन र आइसोलेसनमा न्युनतम सुविधा पनि नदिएर बजेट फ्रिज गरिएको भन्दै सरोकारवालाले आलोचना गरेका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना विशेष अस्पतालका रुपमा रहेको प्रदेश अस्पताल सुर्खेतको तीन करोड ४३ लाख  एकहजार ६ सय ९५ रुपैयाँ फ्रिज भएको छ । प्रदेश अस्पताललाई संघीय सरकारले एक करोड र प्रदेश सरकारले चालु र पूजिँगततर्फ नौं करोड ७५ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएका थिए । प्रदेश अस्पताल कर्णाली प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल समेत हो ।

यस्तै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको ८२ लाख ५१ हजार नौँ सय रुपैयाँ फ्रिज भएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयको ३५ लाख ५० हजार रुपैयाँमध्ये २७ लाख १५ हजार पाँचसय रुपैयाँ कार्यान्वयनमा आउँदा आठ लाख ३५ हजार रुपैयाँ फ्रिज भएको छ ।

कर्णाली प्रदेशका दश वटा जनस्वास्थ्य कार्यालय (जिल्ला अस्पताल) मध्ये दैलेखमा कोरोना प्रतिकार्यको ९४ प्रतिशत बजेट कार्यान्वयन भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित भएको दैलेखमा संघ र प्रदेशबाट एक करोड ८९ लाख ५० हजार प्राप्त भएको थियो । जसमध्ये ९४ प्रतिशत अर्थात एक करोड ७९ लखा सात हजार सातसय ५० रुपैयाँ खर्च भएको छ । बाँकी दश लाख ४२ हजार दुईसय ५० रुपैयाँ फ्रिज भएको छ । यस्तै जनस्वास्थ्य कार्यालय सुर्खेतको एक करोड २६ लाखमध्ये ४६ लाख ९९ हजार आठसय फ्रिज भएको छ । 

कालिकोटको ११ लाख ५० हजार आठ सय, जुम्लाको ६ लाख ५३ हजार ६, हुम्लाको १४ लाख ८१ हजार र मुगुको १२ लाख ९६ हजार तीन सय रुपैयाँ फ्रिज भएको छ । त्यस्तै डोल्पामा १० लाख २३ हजार, मेहलकुना अस्पताल सुर्खेतको १३ लाख १५ हजार र प्रदेश आयुर्वेद औषधालयको ६० लाख ४८ हजार रुपैयाँ फ्रिज भएको सामाजिक विकास मन्त्रालयका तथ्याङ्क अधिकृत विनोद आचार्यले जानकारी दिए ।

कोरोना रोकथामका लागि विनियोजन गरिएको बजेट लकडाउनका कारण कार्यान्वयनमा बाधा परेको सम्बन्धित अस्पताल तथा स्वास्थ्य कार्यालयहरुले बताएका छन् । सबैभन्दा बढी बजेट फ्रिज भएको प्रदेश अस्पतालले लकडाउनकै कारण बजेट कार्यान्वयन गर्न कठिनाइ भएको बताएको छ । अस्पतालले पीसीआर मेसिन र विभिन्न किट तथा बेडहरु खरिद गरेको तर लकडाउनका कारण पुरै बजेट कार्यान्वयन गर्न नसकेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.