उद्योग अधिकृतविरुद्ध घुस मुद्दा
काठमाडौँ : घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत (सातौं तह) हुकुम बहादुर ओलीविरुद्ध विशेष अदालतमा घुस मुद्दा दायर गरिएको छ।
घुस लिँदालिँदै पक्राउ परेका ओलीविरुद्ध ठेक्कापट्टाको अनुमतिपत्र (लाइसेन्स) बनाइदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएका थिए । अनुसन्धानको शिलशिलामा ओलीले सेवाग्राहीले पेश गरेका कागजात पूरा नभएको र बाँकी रहेका कागजात पेश नगरे काम नहुने डरत्रास देखाई बाँकी रहेका मेशिन उपकरण किनेका कागजातसमेत आफैँले बनाईदिने आशा देखाई उद्योग दर्ताको प्रमाणपत्र उपलब्ध गराउने बहानामा घुस लिएका थिए ।
उनी ९६ हजार ३ सय घुससहित पक्राउ परेका थिए। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।