मेडिसिटीमा उपचाररत कोरोना संक्रमितको मृत्यु
काठमाडौं : ललितपुरको भैसेपाटीस्थित मेडीसीटी अस्पतालमा उपचारत कोरोना संक्रमित ६४ वर्षीय वृद्धको मृत्यु भएको छ। उनको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेस्वर गेलालले जानकारी दिए।
भाइरल निमोनिया र पुरानो मुधमेहको उपचार गराइरहेका ती वृद्धलाई असार ३१ गते अस्पताल भर्ना गरिएको थियो ।पछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।