मजदुरको ज्याला बढ्यो

मजदुरको ज्याला बढ्यो

सुर्खेतः सुर्खेतमा मजदुरको दैनिक ज्याला वृद्धि भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै मजदुरको दैनिक ज्याला बढाइएको हो ।जिल्ला प्रशासन कार्यालय अन्तर्गतको दररेट निर्धारण समितिलेमजदुरहरुको ज्यालामा हेरफेर गरेको हो ।  यस्तै जडिबुटी र निर्माण सामग्रीको मूल्य पनि तोकिएको छ । 

बजारमा महँगी बढ्दै जाँदा समितिले मजदुरको ज्याला तोकेको हो । यस्तै कालोबजारी रोक्न निर्माण सामग्रीको पनि मूल्य निर्धारण गरिएको छ । अब यही समितिले निर्धारण गरेको दररेट अनुसार नै कारोबार हुनेछ । मजदुरले पनि तोकिएको दरमा ज्याला पाउनेछन् । आफूखुशी बजार मूल्य तोक्ने र मजदुरलाई कम ज्याला दिएर शोषण गर्नेक्रम बढेपछि यस्तो दररेट निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

आर्थिक ऐन अनुसार १२ प्रतिशतसम्म मजदुरको ज्याला बढाइएको हो ।सरकारी काममा खटिने मजदुरको दैनिक ज्यालामा एकसय रुपैयाँ वृद्धि गरिएको छ । यस्तै निजी तथा गैरसरकारी संघसंस्थामा दैनिक ज्यालामजदुरी गर्नेहरुको पारिश्रमिक पनि बढेको छ । जसअनुसार डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा एकसय रुपैयाँ बढाइएको छ । यसअघि दैनिक आठसय रुपैयाँ पारिश्रमिक पाउने मजदुरहरुले अबदेखि नौंसय रुपैयाँ दैनिक ज्याला पाउनेछन् । काम गराउनेले अब साविककोभन्दा एकसय रुपैयाँ बढी दैनिक ज्याला दिनुपर्ने छ । 

यस्तै निर्धारित दररेट अनुसार अब ज्यामीको दैनिक ६ सय, पलम्बरको ६ सय ८८, सिनियर पलम्बरको सात सय, इलेक्ट्रिसियन हेल्परको ६ सय,इलेक्ट्रिसियनको सातसय, निर्माण सामग्री परीक्षण गर्ने ल्याव असिस्टेनको ६ सय ४० र टेक्निसियनको सात सय ४५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै हलुका ड्राइभरको हकमा ६ सय ६०, हेभि ड्राइभरको हकमा सातसय ३०, हेभी इक्यिुमेन्ट अपरेटरको आठसय २०, ड्राइभर सहयोगीको ६ सय, नगर निरीक्षक अर्थात कार्यालय सहयोगी सरहलाई ६ सय, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचिकार, सर्भे हेल्पर र मालिको ६÷६ सय रुपैयाँ दैनिक ज्याला निर्धारण गरिएको छ । 

मजदुरको हकमा गत आर्थिक वर्षको तलुनामा ६० रुपैयाँदेखि एकसय रुपैयाँसम्म ज्याला बढेको हो ।यस्तै मजदुरको हकमा अब २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने समितिले निर्णय गरेको छ । मजदुरले २६ दिनमात्रै काम गरेपनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्ने छ ।

नेपाल सरकारको आर्थिक ऐन अनुसार सरकारी क्षेत्रका काम गर्ने मजदुर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताए । मूल्य र ज्याला निर्धारण गरेसँगै बजारमा कालोबजारी नहुने र मजदुरले उपयुक्त ज्याला पाउने विश्वास जिल्ला प्रशासन कार्यालयले गरेको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनलाई कडाइ गरिनेसमेत प्रशासनको भनाइ छ ।

मूल्य निर्धारण समितिले श्रीखण्ड र रक्तचन्दन लगायतका वन तथा भू-संरक्षणतर्फको पनि मूल्य तोकेको छ । जसअनुसार प्रतिकिलो श्रीखण्डको तीन हजार, रक्तचन्दनको दुई हजार, कपुरको दुई हजार पाँचसय, तेजपत्ताको एकहजार, लप्सीको तीनसय, टिमुरको तीन सय र बकाइनोको मूल्य तीनसय रुपैयाँ तोकिएको छ ।

त्यस्तै रुदाक्ष प्रतिगोटाको दुई सय र सर्पगन्धको पाँचसय रुपैयाँ तोकिएको छ । त्यस्तै विरुवाका लागि दाँते ओखर प्रति गोटाको २५ रुपैयाँ, उन्नत जातको चिली प्रतिगोटाको एकसय रुपैयाँ निर्धारण गरिएको छ । मूल्य निर्धारण समितिले अधिकांश निर्माण सामग्रीको मूल्य गत वर्षकै यथावत राखेको छ ।तर इट्टाको मूल्य भने यसपाली बढाइएको छ । यसअघि ढुवानीसमेत जोडेर प्रतिहजार वटाको चौध हजार पाँचसय निर्धारण गरिएकोमा चालु आर्थिक वर्षमा १५ हजार कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.