त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

काठमाडौं : विद्यार्थीहरुको समूहले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कार्यकक्ष तोडफोड गरेका छन् । उनीहरुले कार्यालयमा रहेको सवारी साधन पनि फुटाएका छन् ।

विद्यार्थीले कार्यालयको झ्याल, ढोका तथा कुर्सी फुटाएका छन् । गाडीको सिसा पनि फुटाएका छन् । त्रिविका सूचना अधिकारी सूर्य अधिकारीले कुन समूहले आक्रमण गरेको भन्ने एकिन भएको छैन । केहि समयअघि पनि बास्कोटाको कुर्सी नेपाल विद्यार्थी संघले जलाएका थिए ।

बास्कोटासहित त्रिवि पदाधिकारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेविसंघ, प्रजातान्त्रिक प्राध्यापक संघ तथा लोकतान्त्रिक प्राध्यापक संघले केहि समयअघि पदाधिकारीको कार्यकक्षमा ताला लगाएका थिए । अदालतले आदेश दिएपछि उक्त ताला एक साताअघि मात्र खुलेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.