उदयश्री युथ क्लब फुटबल र भलिबल प्रतियोगिताको च्याम्पियन

उदयश्री युथ क्लब फुटबल र भलिबल प्रतियोगिताको च्याम्पियन

जोमसोम : उपल्लो मुस्ताङको खेलकुद क्षेत्रको विकास तथा त्यसको प्रर्वद्धनका लागि आयोजना भएको दोश्रो लोछ्योग्यल झिग्मे मेमोरिलय कप प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

गत श्रावण १७ गते देखि १० सम्म जारी प्रतियोगिताको फुटबल र भलिबलको दुबै खेलको उपाधि लोघेकर दामोदरकुण्ड गाउँपालिका -३ घिलिङको उदयश्री युथ क्लबले जित्दै च्याम्पियन बनेको हो ।

समुन्द्री सतहदेखि करिब ५५ सय मिटरको उचाइमा रहेको लोमान्थाङ गाउँपालिका -३ ठिङ्गर खेलमैदानमा प्रतियोगिता आयोजक माउन्टेन पासाङ युथ क्लब ठिङ्गरले संञ्चालन गरेको फुटबलको फाइनल खेलमा उदय श्री युथ क्लब घिलिङले स्नोल्याण्ड युथ क्लब फुवालाई टाइब्रेकरमा ८-६ गोल अन्तरले हराउँदै च्याम्पियन बन्यो । 

निर्धारित ९० मिनेटको खेलमा दुबै पक्षबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि थपिएको ३० मिनेटमा पनि दुबै टिमबाट गोल हुन नसकेपछि  खेल टाइब्रेकरमा पुगेको थियो ।

यस्तै, भलिबलतर्फको खेलमा उदय श्री युथ क्लब घिलिङले बुद्ध शान्ति युथ क्लब चराङलाई ३-१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्यो । फुटबलतर्फ च्याम्पियन बनेको उदय श्री युथ क्लबले नगद ७५ हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपबिजेतामा चित्त बुझाएको स्नोल्याण्ड युथ क्लब फुवाले नगद ५० हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र पायो । 

यस्तै ,भलिबलतर्फ च्याम्पियन बनेको उदय श्री युथ क्लब घिलिङले नगद ५० हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपबिजेता बुद्ध शान्ति युथ क्ल‍ब चराङले नगद २५ हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र पाएको छ ।

उपल्लो मुस्ताङको लोछोदिन क्षेत्रका २ स्थानीय तहका विभिन्न युवा क्लव सम्मिलित प्रतियोगिताको फुटबल र भलिबल खेलमा कुल १४ टिमले सहभागिता जनाएको लोघेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । उपल्लो मुस्ताङको खेलकुद तथा सास्कृतिक विकास र त्यसको संरक्षण तथा प्रर्वद्धनमा जिग्मे फाउन्डेसनले महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

खेलकुदकै विकासका माध्यमले लोछोदिन क्षेत्रका युवाहरुको प्रगाढ सम्वन्ध विस्तार गर्दै खेल जनशक्ति उत्पादन गर्ने उद्देश्यले उपल्लो मुस्ताङमा बर्सेनि आलोपालो गाउबाट जिग्मे मेमोरिलय कप आयोजना गरिने गरिएको छ । यसपटक दोश्रो संस्करणको प्रतियोगिता स‍ञ्चालनको जिम्मा माउन्टेन पासाङ युथ क्लवले पाएको हो ।

जिग्मे मेमोरिलय कप प्रतियोगितामा विभिन्न अतिरिक्त खेल तथा विविध सास्कृतिक नृत्य समेत देखाईएको छ । प्रतियोगिताको दौरानमा हिमाली संस्कृति झल्किने गीत र नृत्य प्रस्तुत गरिएको छ । खेलसँगै संस्कृति जोड्ने उद्देश्यले लोछोदिनका विभिन्न क्लवले सांस्कृतिक भेषभुषा प्रर्दशन गरे । यसपटक आयोजक लो-छ्योग्याल जिग्मे मेमोरियल कप आयोजक माउण्ट पासाङले विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड—१९ ) को रोकथामका लागि सामाजिक दुरी कायम गरी प्रतियोगिता सम्पन्न गरेको जनाएको छ ।

यसअघि उपल्लो मुस्ताङमा जारी प्रतियोगिताको संघीय सांसद प्रेमप्रसाद तुलाचनले उद्घाटन गरेका थिए । उनले उपल्लो मुस्ताङलाई सांस्कृतिक हवको मात्र नभई खेलकुद हबको रुपमा समेत विकास गर्नुपर्ने जनाए । उनले उपल्लो मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना बेनी—जोमसोम—कोरला सडक बिस्तार भइरहेको र यहा हाइअल्टिच्युड खेलकुदको पर्याप्त सम्भावना भएको बताए ।

उपल्लो मुस्ताङको खेलकुद प्रर्वद्धनमा सक्दो प्रयास गर्ने सांसद तुलाचनको भनाई छ ।यस्तै ,प्रतियोगिताको समापन समारोहमा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ ,लोमान्थाङ गाउपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्ट ,लोघेकर दामोदरकुण्ड गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट लगायतको उपस्थित थिए । उनीहरुले प्रतियोगिताका बिजेता र उपबिजेता टिमलाई नगद ,शिल्ड,मेडल र प्रमाणपत्रले सम्मान गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.