कर्णाली नदीमा कटान शुरु

कर्णाली नदीमा कटान शुरु

गुलरिया :  सूदुरपश्चिम प्रदेश र ५ नम्वर प्रदेशको सीमानामा अवस्थित कर्णाली नदीले कटान शुरु गरेको छ। केही दिन अघि सर्तकता तह पार गरेको नदीमा पानीको सतह घटेसँगै बर्दिया तर्फको भूभागमा नदीले कटान शुरु गरेको छ।

राजापुर नगरपालिका-३ स्थित तिघ्रालगायत नंगापुरमा कर्णाली नदीले कटान गर्दा नदीको ड्याम भत्किने खतरा बढ्दै गएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। कटानका कारण बर्दिया तर्फको चर्किएको नदी किनाराको ड्याम भत्किएको छ। कर्णाली नदीले कटान शुरुगरेसँगै राजापुर नगरपालिकाको वडा नम्वर ३, ४ र ७ खतराको सूचिमा परेको छ। उनले ड्याम फुटेर तत्काल प्रभावित हुन सक्ने ६० घर परिवारलाई सतर्क अवस्थामा राखेको बताए।

नदीले कटान गरेको जोखिमयुक्त स्थानहरुमा स्थानीय प्रशासनले तीनै तहका सुरक्षाकर्मी तैनाथ गरेको छ। नदीले हाल कटान गरिरहेको तिघ्रालगायत नंगापुरक्षेत्र विगतका बाढीहरुमा समेत पानी पसेर वस्ती डुवान पार्ने जोखिमयुक्त स्थान भएकाले कटान रोक्न स्थानिय स्तरबाट समेत पहलको आवस्यकता रहेको प्रजिअ लामिछाने बताउँछन्। ड्यामको अस्थायी रोकथामका लागि कर्णाली नदी ब्यवस्थापन आयोजना मार्फत बोरा, नर्कट लगायतका उपायहरु अवलम्वन गरेको बताए।

केही वर्ष अघि ०७० सालमा राजापुर क्षेत्रमा भिषण बाढी आएपछि कर्णाली नदी ब्यवस्थापन कार्यलाई तिव्रता दिईएको थियो। समयमै बजेट ब्यवस्थापन हुन नसक्दा आयोजनाले ढिलो गरी काम शुरु गरेको हो। 'केही दिन देखि चुरे लगायत उत्तरवर्ती पहाडी क्षेत्रमा बर्षा भएसँगै कर्णाली नदीको सतह बढ्ने र घट्ने भैरहेकाले नदी कटानले तिव्रता लिएको छ। नदीमा पानीको बहाव तिव्र भएकाले कटान र बाढीको जोखिम उत्तिकै रहेको  छ। नदीको अस्थायी कटान रोकथामका लागि कर्णाली नदी ब्यवस्थापन आयोजनालाई कडा रुपमा निर्देशन दिईएका छौं' प्रजिअ लामिछानेले भने।

नदीले कटान शुरु गरेपछि सो क्षेत्रका स्थानीयहरु सुरक्षित वासस्थानतर्फ स्थानान्तरण भैरहेको संचारकर्मी केशव कोईरालाले बताए। नदीले तटवन्धको ९० प्रतिशत क्षेत्रमा क्षती पुर्याएको छ। उनले भने पानीको वहाव उच्च रहेका कारण शक्तिघाट पुलको अवस्था पनि नाजुक बन्दै गएको छ। कटानले गर्दा पुलको शुरुको भागमा प्वाल पारीदिएको छ। उनले थपे कर्णाली नदीको पानीले ड्याम फुटाएर जुनसुकै बेला पनि बस्तीमा पस्न सक्ने खतरा छ। सुरक्षाकर्मी, स्थानिय, लगायत नदी ब्यवस्थापन आयोजनाले कटान रोक्ने प्रयास गरेपनि नदीको वहाव उच्च रहेकाले सतर्क भैहनुपर्ने अवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.