सिरहामा १० संक्रमित थपिए

सिरहामा १० संक्रमित थपिए

सिरहा : मंगलबार सिरहामा थप १० नयाँ कोरोना भाइरसको संक्रमित थपिएको छ। त्यसमा दुई जना प्रहरी हिरासतमा रहेका थुनुवा हुन्। ८ जना सुखीपुर नगरपालिकाका क्वारेन्टाइनका रहेका छन्। 

योसँगै सिरहामा संक्रमित संख्या २३३ पुगेको छ। जसमा २०५ जना डिस्चार्ज भएका छन्। कोरोनाले एक जनाको मृत्यु भएको छ। बाँकी २९ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

इलाका प्रहरी कार्यालय गोलबजारमा रहेका थुनुवामा कोरोना संक्रमण भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार थुनुवासँग सम्बन्धित मुद्दा शाखामा कार्यरत प्रहरीलाई पनि क्वारेन्टाइन गरिएको छ। थुनुवालाई आइसोलेसनमा राखी उपचार गरिने उनले बताए।

धनगढीमाई नगरपालिका १ र ८ का दुवै थुनुवा ३ हप्ताअघि प्रहरी हिरासतमा पुगेका थिए। सिरहामा समुदाय स्तरमा कोरोना संक्रमित भेटिन थालेको छ।  
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.