अस्पताल घुमाउँदा घुमाउँदै बिरामीको मृत्यु

अस्पताल घुमाउँदा घुमाउँदै बिरामीको मृत्यु

झापा : झापाका निजी अस्पतालमा घुमाउँदा घुमाउँदै समयमा उपचार नपाउँदा २ जनाको मृत्यु भएको छ। सामान्य ज्वरो आएका एक बालकको विर्तामोडको विएण्डसी. र कन्काई अस्पतालले उपचार गर्न नमानेपछि घर फर्काउने क्रममा मेचीनगर नगरपालिका -५ का ११ वर्षीय बालक सागर तामाङको मृत्यु भएको हो।

तामाङलाई उनका मामा डिकबहादुर तामाङले उपचारका लागि सुरुमा बिर्तामोडकै कन्काई अस्पताल पुर्‍याए। कन्काइ अस्पतालले उपचार सम्भव नभएको भन्दै छेउमा रहेको बिएण्डसी अस्पताल रेफर गरेको थियो। लगत्तै बिएण्डसीको इमरजेन्सीमा राखेर उनको छातीको एक्सरे गरिएको थियो।

एक्सरेको रिपोर्ट आएपछि अस्पतालले कोरोनाको पिसिआर रिर्पोट आएपछि मात्र उपचार सम्भव हुने जानकारी दिए। मृतक बालकका मामाले भने, ‘तन्त्कालै कहाँबाट ल्याउनु पिसिआर रिर्पोट ? स्वाब दिएको ४/५ दिनमा मात्र रिर्पोट आउँछ भन्ने सुनेका थियौँ।’ उनले भने, ‘कि भर्ना नै लिन हुँदैनथ्यो भर्ना लिएर एक्सरे गरिसकेपछि अस्पतालले उपचार गर्न नमान्दा भान्जाले ज्यान गुमाए।’

बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले भने ‘उपचारका लागि ल्याइएका बालकलाई निमोनियाले च्यापेको देखिन्थ्यो त्यसकारण पनि रिर्पोट खोजिएको हो।’उनले भने, 'सरकारलेनै कोभिडको लक्षण देखिएपछि कोभिड अस्पताल रिफर गर्नुपर्ने भन्दै आएको छ। त्यसैको आधारमा रिर्पोट मागिएको हो।'  

अर्का कनकाई नगरपालिका- ५ का १७ वर्षीय रोशन सुनारको फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भएका उनलाई झापाका निजी अस्पताल कुदाउँदा कुदाउँदै मृत्यु भएको छ। 
निजी अस्पतालहरुले घाइतेको पिसिआर रिपोर्ट चाहिने भन्दै भर्ना लिन नमानेको मृतकका आफन्तले बताएका छन्। 

४ दिन अघि साथीहरुसँग फुटबल खेल्ने क्रममा सुनारको छातीमा बलले लागेको थियो। छातीमा बलले लागेपछि घरमै आराम गरिरहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। घरमै औषधि खुवाउँदा उनको दुखाई  कम नभएपछि सुरुङ्गाको मेरिगोल्ड हस्पिटलमा भर्ना गरिएको थियो।

मेरिगोल्ड अस्पतालले उनको अवस्था गम्भीर भएको बताएपछि थप उपचारका लागि विर्तामोडको विर्तासिटी अस्पतालमा आफन्तले लगे। त्यो बेला उनको श्वासप्रश्वासमा समस्या देखिन थालेको थियो। कोरोना भाइरस संक्रमणको शंका गरेर विर्तासिटी अस्पतालले पिसिआर रिपोर्ट माग्यो।

पिसिआर रिर्पोट नहुँदा उपचार गर्न नसकिने भन्दै विर्तासिटीले गेटबाटै फर्काएपछि विर्तामोडकै कनकाई अस्पतालमा उपचारका लगिएको मृतकका आफन्त तेजबहादुर मुखियाले बताए। 'कनकाई अस्पतालले पनि पिसिआर रिपोर्ट नभएसम्म उपचार नगर्ने भन्दै फर्कायो।' मृतकका आफन्त मुखियाले भने, ‘अस्पतालले पिसिआर रिपोर्ट नभएको भन्दै उपचार नगरेकै कारण ढिलाई भएर बिरामीले ज्यान गुमाउनु पर्यो।’ 

पिसिआर परीक्षणाको साटो एकबाट अर्को अस्पताल लैजानै हतासिएका आफन्तले मंगलबार बिहानको रात करिब २ बजेतिर उनलाई लिएर मेची अस्पताल भद्रपुर पुगे। मेची अस्पताल भद्रपुरले भर्ना गरेर उपचार सुरु गर्दै गर्दा शरिरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भेन्टिलेटरसहितको सघन उपचारमा लानुपर्ने अस्पतालले जानकारी दियो।

मेची अस्पतालमा उक्त सुविधा नभएपछि भेन्टिलेटरका लागि भद्रपुरकै ओम साई पाथिभरा अस्पतालमा सुनारलाई रिफर गरियो। त्यहाँ पनि पिसिआरकै रिपोर्ट मागेपछि अभिभावक फेरि मेची अस्पताल नै पुगे। अन्ततः मेची अस्पतालको इमरजेन्सी कक्षमा उनको मृत्यु भएको मेची अस्पतालका चिकित्सक डा. गोविन्द कँडेलले जानकारी दिए।

मृतक सुनारमा कोरोना भाइरसको संक्रमण छ/छैन भनेर परीक्षण गर्नका लागि स्वाब संकलन गरिएको थियो। मेची अस्पतालमा सुरु भएको पिसिआर ल्याबमा टेस्ट गर्दा मृतकको नेगेटिभ रिजल्ट आएको डा. कँडेलले बताए। यद्यपि रिर्पोट धरान पनि पठाइएको छ। मृतकको शव मेची अस्पतालमै राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.