पाटन अस्पतालमा कोरोनाबाट ३८ वर्षीया महिलाको मृत्यु
ललितपुर : ललितपुरको पाटन अस्पतालमा फेरि अर्की महिलाको कोरोनाबाट मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ३८ वर्षीया उनी धनुषा जिल्ला जनकपुरकी हुन् ।
उनी साउन १८ गते अस्पताल भर्ना भएको पाटन अस्पतालले जानकारी दिएको छ।अस्पतालका अनुसार उनको गएराति १ बजे मृत्यु भएको हो ।